नेप्से ६४.६७ अंकले बढ्यो, ५ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौँ । नेप्सेमा वृद्धि भएको छ । आज विहिबार नेप्से ६४.६७ अंकले बढेर २८७७.०२ विन्दुमा पुगेर रोकिएको छ ।
आज कारोबारमा आएको १३ उपसमूहकै सेयर मूल्य बढेको छ । आज सबैभन्दा धेरै विकास बैंकतर्फको उपसमूहको सेयर मूल्य उकालो लागेको छ । यस उपसमूहको सेयर मूल्य करिब ४ प्रतिशत बढेको छ । बाँकी उपसमूहहरूको सेयर मूल्य १ प्रतिशतभन्दा धेरैले बढेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आज ३४२ कम्पनिका ५ करोड ६९ लाख २० हजार ६०८ कित्ता शेयर २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्मिनिंग मिल्स र सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सोलु हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ भने होटल फरेस्ट इनको शेयर ९.९६ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी नेपाल लाइफ समृद्धि लगानी योजनाको शेयर५.१२ प्रतिशतले घटेको छ ।
नेपाल लाइफ समृद्धि लगानी योजनाको सर्वाधिक ५.१२ प्रतिशत मूल्य घट्यो। आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, नेसनल हाइड्रोपावर, रिडी पावर, आँखुखोला जलसविद्युत् र माथिल्लो तामाकोशी छन्।यसमध्ये विकास बैंक समूहको परिसूचक सर्वाधिक ३.९५ प्रतिशतले बढेको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- २ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ३ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ४ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ५ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
- ६ एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै
- ७ इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित

तपाईको प्रतिक्रिया दिनुहोस