Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ नेप्से ३६ अंकले घट्यो, कारोबार रकम पनि खस्कियो

    नेप्से ३६ अंकले घट्यो, कारोबार रकम पनि खस्कियो


    काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारका सबै प्रमुख सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३६.२५ अंक अर्थात् १.३६ प्रतिशतले घटेर २ हजार ६१८ अंकमा झरेको छ ।

    बजारमा कारोबार रकमसमेत घटेको छ । मंगलबार ७ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ६ अर्ब ३५ करोड रुपैयाँमा सीमित भएको छ ।

    बुधबार जीवन बीमा समूह सबैभन्दा धेरै २.०४ प्रतिशतले घटेको छ । बैंकिङ समूह १.२२ प्रतिशत, विकास बैंक १.३६ प्रतिशत, वित्त १.०९ प्रतिशत, होटल तथा पर्यटन ०.९८ प्रतिशत, जलविद्युत् १.६६ प्रतिशत, लगानी १.४९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४५ प्रतिशत र माइक्रोफाइनान्स समूह १.३१ प्रतिशतले घटेका छन् ।

    त्यस्तै निर्जीवन बीमा समूह १.३२ प्रतिशत, अन्य समूह १.६५ प्रतिशत र व्यापार समूह १.२६ प्रतिशतले घटेका छन् ।

    आज कारोबार भएका कम्पनीमध्ये २३ वटाको सेयर मूल्य बढेको छ भने २५३ कम्पनीको मूल्य घटेको छ । दुई कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

    मूल्य बढ्ने कम्पनीतर्फ धौलागिरि लघुवित्तको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ । सीवाईसी लघुवित्त ५.४४ प्रतिशत, विकास हाइड्रोपावर ३.५४ प्रतिशत, बोटलर्स नेपाल (बालाजु) ३ प्रतिशत र मिडसोलु हाइड्रोपावर २.६४ प्रतिशतले बढेका छन् ।

    यता फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य ८.५४ प्रतिशतले घटेको छ । माउन्ट एभरेस्ट पावर ५.७२ प्रतिशत, इङवा हाइड्रोपावर ५.२२ प्रतिशत र पियोर इनर्जी ४.७९ प्रतिशतले घटेका छन् ।

    बुधबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन डिस्टिलरी, लक्ष्मी सनराइज बैंक, आँखुखोला जलविद्युत् र घलेम्दी हाइड्रोपावर अगाडि रहेका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    १२ वर्षदेखि अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज गरिने

    काठमाडौं । १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी

    आर्थिक सुधारका लागि चालु आवमा २७ नयाँ कानुन ल्याउँछौं :…

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सुधारलाई गति दिन सरकारले चालु आर्थिक वर्षमा २७ वटा नयाँ कानुन ल्याउने तयारी गरेको

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    नेप्सेमा सामान्य वृद्धि, ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली शेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ। नेप्से ०.२६ अंकले बढेर

    लाइसेन्स लिएका जलविद्युत् आयोजनाको नियमित अनुगमन गर्न ऊर्जामन्त्रीको निर्देशन

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले लाइसेन्स प्राप्त जलविद्युत् आयोजनाको कामको नियमित अनुगमन र फलोअप गर्ने प्रणाली विकास

    Techie IT