नेप्से ११.७७ अंकले बढ्यो, ५ अर्ब ४४ करोडको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से ११.७७ अंकले वृद्धि हुँदै २,६२९.८१ विन्दुमा पुगेर बन्द भएको हो।
आज ३५६ कम्पनीका १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ५ अर्ब ४४ करोड ७३ लाख १३ हजार १६८ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका अधिकांश क्षेत्रका शेयर मूल्य बढेका छन्। निर्जीवन बीमा समूहबाहेक सबै क्षेत्रको शेयर मूल्यमा वृद्धि भएको छ।
आज नेपाल ल्युब आयलको शेयर मूल्य सर्वाधिक १२.४७ प्रतिशत बढेको छ। त्यस्तै सोनापुर मिनरल्सको शेयर मूल्य ७.६५ प्रतिशत बढेको छ।
यता मिड सोलु हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ११.५८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ। कम्पनीको ३५ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै हिमालयन डिस्टिलरीको ३५ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ रसुवा बाढीको बीमा दाबी २० अर्ब ९८ करोड, छिटो भुक्तानीका लागि संक्षिप्त कार्यविधि लागू
- ७ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

तपाईको प्रतिक्रिया दिनुहोस