नेप्से सामान्य बढेपनि कारोबार रकम घट्यो
काठमाडौँ । नेप्सेमा आज सामान्य बढेको छ । मंगलबार नेप्से ३.२१ अंकले बढेर २५६५. १६ विन्दुमा पुगेर रोकिएको छ । यसअघि सोमबारको बजारमा नेप्से परिसुचक ५.८० अंकले घटेर २५६०.२९ विन्दुमा झरेको थियो । आज नेप्से बढेपनि कारोबार रकम भने घटेको छ ।
सोमबारको बजारमा ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार रुपैयाँको ८६ लाख ४७ हजार ८८९ कित्ता शेयर कारोबार भएकोमा आज कुल ३२७ स्टकको ३ अर्ब ६२ करोड ६१ लाख ७५ हजार रुपैयाँको ७९ लाख ४७ हजार कित्ता शेयर कारोबार भएको छ । यो किनबेच ५५ हजार ६३२ पटकको कारोबारमा भएको हो ।
आज ३२७ कम्पनिका ७९ लाख ४७ हजार ५८ कित्ता शेयर ३ अर्ब ६२ करोड ५१ लाख ७५ हजार ११० मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, होटल्स, लगानी, माइक्रोफाइनान्स र ट्रेडिङ क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज शाइन रेसुंगा डिभन्चेर, बन्दीपुर केवलकारको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने सागर डिस्टिलरी र माबिलुंग इनर्जीको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै बुङ्गल हाइड्रोको शेयर ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज एसवीआई बैंक डिभेन्चरको शेयरमा ९.३९ प्रतिशतले घटेको छ ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंक, हाईड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्यूचुअल फण्ड, र ब्यापार उप समूहको सूचक सकारात्मक भएको हो । त्यसैगरी, बिकास बैंक, वित्त, होटल, लगानी लघुवित्त र अन्य उपसमूहको सूचक नकारात्मक भएर बन्द भएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- २ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ३ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ४ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश
- ५ सर्वपक्षीय बैठक बस्दै
- ६ एनपीएलको प्लेअफमा पुगे यी चार टिम, चार बाहिरिए
- ७ जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन

तपाईको प्रतिक्रिया दिनुहोस