Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २८ बिहीबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रनेप्सेमा ७.९० अंकको सुधार, कारोबार ६ अर्ब २६ करोडमाथि

    नेप्सेमा ७.९० अंकको सुधार, कारोबार ६ अर्ब २६ करोडमाथि


    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज शुक्रबार ७.९० अंकले बढेर २,७३४.६३ विन्दुमा पुगेको छ।

    आज ३५३ वटा कम्पनीका १ करोड ३७ लाख ६९ हजार १०० कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ६ अर्ब २६ करोड ७२ लाख २६ हजार ७२२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

    कारोबारमा फाइनान्स, जलविद्युत्, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ समूहबाहेक बाँकी सबै उपसमूहका सूचक हरियालीमा रहे।

    आज सबैभन्दा बढी एभरेष्ट कलर लिमिटेडको शेयर मूल्य १४.९९ प्रतिशतले वृद्धि भएको छ। त्यसपछि आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर १४.४६ प्रतिशतले बढेको छ। यस्तै, ऋणपत्रतर्फ सानिमा बैंक डिबेञ्चर २०८५को मूल्य ८.९२ प्रतिशतले उकालो लागेको छ।

    कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रहँदै ३० करोड ९३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २७ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको

    मधेसमा विद्युत् प्रसारण र सबस्टेसन निर्माण तीव्र, औद्योगिक क्षेत्रको आपूर्ति…

    काठमाडौँ । मधेस प्रदेशमा बढ्दो विद्युत् माग र औद्योगिक क्षेत्रको आवश्यकता पूरा गर्न प्रसारण लाइन तथा विद्युत् केन्द्र (सबस्टेसन) निर्माणलाई

    राष्ट्रिय अभिलेखालयका ऐतिहासिक दस्ताबेज संरक्षणमा जोड दिन अर्थमन्त्री वाग्लेको आग्रह

    काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा सङ्ग्रहित ऐतिहासिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक दस्ताबेजको संरक्षण र प्रवर्धनलाई प्राथमिकता दिनुपर्ने

    सुनको मूल्य तोलामा १ हजार २ सयले घट्यो, चाँदी पनि…

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलामा १

    जलेका सरकारी स्रेस्ता व्यवस्थापन गर्न कानुन संशोधन गर्न सरकार तयार…

    काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा २०८२ भदौ २३ र २४ गतेको आन्दोलन तथा त्यसक्रममा जलेका सरकारी स्रेस्ताको व्यवस्थापनबारे छलफल

    नेप्सेमा दोहोरो अंकको गिरावट, २६४१ विन्दुमा झर्यो

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से ९.०४ अंकले घटेर २६४१.०५

    Techie IT