नेप्सेमा ४१.७० अंकको उत्साहजनक उछाल, कारोबार ५ अर्ब ५१ करोड रुपैयाँ नाघ्यो
काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उल्लेख्य वृद्धि भएको छ। आज नेप्से ४१.७० अंकले बढेर २ हजार ७१९.२४ विन्दुमा पुगेर कारोबार बन्द भएको हो।
आज ३४३ कम्पनीका १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता शेयर किनबेच हुँदा कुल ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार ९७९ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
कारोबार भएका समूहहरूमध्ये म्युचुअल फन्ड बाहेक सबै उपसमूहका सूचक हरियाली भएका छन्, जसले बजारमा सकारात्मक माहोल देखाएको छ।
आज एभरेष्ट कलर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै १४.९७ प्रतिशतले वृद्धि भएको छ। त्यसपछि रिज लाइन इनर्जीको शेयर १४.६४ प्रतिशतले बढेको छ।
यता, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य भने सबैभन्दा धेरै ६.८६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा अन्खु खोला जलविद्युत कम्पनी अग्रस्थानमा रहँदै २९ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ। त्यसपछि रिलायन्स स्पिनिङ मिल्सको २४ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
- ३ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ४ फ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना पक्राउ
- ५ आईएसपीको अर्बौं बक्यौता असुली प्रक्रिया अघि, किस्ताबन्दीमा तिर्न सेवा प्रदायकको प्रस्ताव
- ६ काठमाडौंका होटल–रेस्टुरेन्टलाई धुम्रपानका लागि छुट्टै स्थान अनिवार्य बनाउन प्रशासनको निर्देशन
- ७ रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

तपाईको प्रतिक्रिया दिनुहोस