Techie IT
  • The Film Nepal
  • २०८३ असार २६ शुक्रबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रनेप्सेमा २६ अङ्कको गिरावट, अधिकांश कम्पनीको शेयर मूल्य घट्यो

    नेप्सेमा २६ अङ्कको गिरावट, अधिकांश कम्पनीको शेयर मूल्य घट्यो


    काठमाडौँ | धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक २६ दशमलव १६ अङ्कले ओरालो लाग्दै दुई हजार ६ सय ७४ दशमलव ४८ बिन्दुमा झरेको हो ।

    यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि दुई दशमलव ३१ अङ्कले घटेर ४ सय ६१ दशमलव ४८ मा सीमित भएको छ ।

    आज ३ सय ५३ कम्पनीका एक करोड ४० हजार १ सय ६४ कित्ता शेयर चार अर्ब ३६ करोड २१ लाख रुपैयाँभन्दा बढीमा खरिद–बिक्री भएका छन् ।

    कारोबार भएका कम्पनीमध्ये २२ कम्पनीको शेयर मूल्य बढ्दा २ सय ३९ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।

    कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी अग्रस्थानमा रह्यो । त्यस्तै सोपान फर्मास्यूटिकल्स, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट तथा बुङ्गल हाइड्रोपावर उच्च कारोबार हुने कम्पनीमा परेका छन् ।

    आजको कारोबारमा टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, लक्ष्मी उन्नति कोष, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–३ र सनराइज ब्ल्यूचिप फण्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

    यता बुङ्गल हाइड्रो, अपोलो हाइड्रोपावर, सोपान फर्मास्यूटिकल्स, कालिञ्चोक हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोपावरका शेयरधनीले भने सबैभन्दा बढी गुमाएका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ

    लगातार दोस्रो दिन नेप्सेमा गिरावट, १९.६७ अंकले घट्यो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बिहीबार पनि गिरावट आएको छ। आज नेप्से १९.६७ अंकले घटेर २,६०१.९२ विन्दुमा कायम

    सुन तोलामा २४ सय र चाँदी १६० रुपैयाँले घट्यो

    काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य

    मौद्रिक नीतिपछि नेप्सेमा ३०.०९ अंकको गिरावट, कारोबार ४ अर्ब ८२…

    काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि सेयर बजारमा गिरावट देखिएको छ। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक

    राजस्व लक्ष्य पूरा गर्न अर्थमन्त्री वाग्लेको निर्देशन : ‘मिसन १६…

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त नेतृत्वलाई सरकारले निर्धारण गरेको राजस्व संकलन लक्ष्य

    नेप्सेमा २६.२९ अंकको गिरावट, सबै उपसूचक राताम्मे

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.२९ अंकले घटेर २६२७.११ विन्दुमा बन्द भएको छ।

    Techie IT