नेप्सेमा हरियाली, सूचक १६ अंकले बढ्यो
काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा वृद्धि भएको छ । आज नेप्से १६.३८ अंकले बढेर २७५८.४९ विन्दुमा पुगेर बन्द भएको हो ।
आज ३३६ कम्पनीका १ करोड ८ लाख ८८ हजार ७३९ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारमा ट्रेडिङ समूह बाहेक सबै उपसूचक हरियाली देखिएका छन् ।
आज सबैभन्दा बढी क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर मूल्य १४.८१ प्रतिशतले वृद्धि भएको छ । यता एनआइएसी एशिया ब्यालेन्स फन्डको शेयर मूल्य भने सबैभन्दा धेरै २.५९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा अन्खु खोला जलविद्युत अग्रस्थानमा रह्यो । कम्पनीको ४३ करोड ९५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, रिढी पावरको २४ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- २ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ३ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ४ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ५ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
- ६ एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै
- ७ इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित

तपाईको प्रतिक्रिया दिनुहोस