नेप्सेमा सामान्य सुधार, ६.११ अंकको वृद्धि; कारोबार ८ अर्ब ४१ करोड रुपैयाँ नाघ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार सामान्य अंकले बढेको छ। आज नेप्से ६.११ अंकले वृद्धि हुँदै २,५७६.२९ विन्दुमा पुगेको हो।
आज ३८३ वटा कम्पनीका १ करोड ८२ लाख ९३ हजार ५९६ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार ४२५ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमा उत्पादन तथा प्रशोधन समूहबाहेक सबै उपसमूहका परिसूचक हरियाली देखिएका छन्।
आज सबैभन्दा बढी कामना सेवा विकास बैंक डिबेन्चर २०८७ को मूल्य १०.२२ प्रतिशतले वृद्धि भएको छ भने सांग्रिला विकास बैंक डिबेन्चर २०८७ ९.८२ प्रतिशतले बढेको छ। यता सामुदायिक लघुवित्त वित्तीय संस्था को शेयर मूल्य सबैभन्दा धेरै ८.१० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा केबीएल डिबेन्चर २०९० अग्रस्थानमा रहँदै ५२ करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसपछि एनआईएमबी डिबेन्चर २०९० को ३९ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
- ३ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ४ फ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना पक्राउ
- ५ आईएसपीको अर्बौं बक्यौता असुली प्रक्रिया अघि, किस्ताबन्दीमा तिर्न सेवा प्रदायकको प्रस्ताव
- ६ काठमाडौंका होटल–रेस्टुरेन्टलाई धुम्रपानका लागि छुट्टै स्थान अनिवार्य बनाउन प्रशासनको निर्देशन
- ७ रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

तपाईको प्रतिक्रिया दिनुहोस