नेप्सेमा सामान्य वृद्धि, ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली शेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ। नेप्से ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो।
आज ३५३ कम्पनीका १ करोड २० लाख ६५ हजार ५५५ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार ३२५ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारमा बैंकिङ, विकास बैंक, वित्त र हाइड्रोपावर समूहबाहेक अधिकांश समूहका शेयरमूल्य घटेका छन्।
आज सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक १०.११ प्रतिशतले बढेको छ। त्यस्तै कर्पोरेट विकास बैंकको शेयरमूल्य ९.३५ प्रतिशतले बढेको छ।
यता, सयपत्री हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.६६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सिद्धार्थ बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको ३० करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै अपि पावरको २२ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ रसुवा बाढीको बीमा दाबी २० अर्ब ९८ करोड, छिटो भुक्तानीका लागि संक्षिप्त कार्यविधि लागू
- ७ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

तपाईको प्रतिक्रिया दिनुहोस