Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र १९ शुक्रबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रनेप्सेमा सामान्य वृद्धि, ६ अर्ब ९९ करोडको कारोबार

    नेप्सेमा सामान्य वृद्धि, ६ अर्ब ९९ करोडको कारोबार


    काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले घटेको नेप्से मंगलबारको बजारमा भने ४.९० अंकले बढ्दै २६३९.९१ विन्दुमा पुगेको हो ।

    आज ३३९ कम्पनिका एक करोड ३६ लाख २४ हजार ८२४ कित्ता शेयर ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार ३९ मा कारोबार भएको थियो । आज बैंकिङ, फाइनान्स, होटल्स, जीवन वीमा, उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

    यता, रसुवागढी हाइड्रोपावर कम्पनीको शेयरमूल्य भने मंगलबार ६ प्रतिशतभन्दा बढीले घटेको छ । यसदिन कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी, एसवाई प्यानल र बुटवल पावर कम्पनीको शेयर सबैभन्दा बढी कारोबार भएको छ ।

    १३ उपसमूहमध्ये मंगलबार ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशतले बढेको छ । त्यस्तै, व्यापार उपसमूह ०.९८ प्रतिशत र अन्य उपसमूह ०.७८ प्रतिशतले वृद्धि भएका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुन तोलामा ८ हजार ८ सय रुपैयाँले घट्यो, चाँदीको मूल्य…

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ८ हजार

    नेप्से ९.२४ अंकले बढ्यो, २ अर्ब ९० करोडको कारोबार

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज मंगलबार ९.२४ अंकले बढेको छ । नेप्से ९.२४ अंकले बढेर २ हजार

    राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर, डलर १५२ रुपैयाँ…

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको

    सूचना प्रविधिमा लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा कार्यरत युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमै लगानी विस्तार गर्न आग्रह गरेका

    नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ :…

    काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नाडा अटो शो व्यापारिक मेला वा सवारी साधनको प्रदर्शनीमा मात्र सीमित नभई नेपालको गतिशीलता,

    इरानी रियाल इतिहासकै कमजोर, एक डलरको मूल्य २० लाख रियाल…

    काठमाडौं ।  अमेरिकाले थप कडा प्रतिबन्ध घोषणा गर्ने तयारी गरिरहेका बेला इरानी मुद्रा रियाल इतिहासकै कमजोर अवस्थामा पुगेको छ। अनौपचारिक

    Techie IT