नेप्सेमा सामान्य अंकको गिरावट, कारोबारमा वृद्धि
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक करिब स्थिर अवस्थामा देखिएको छ । यसदिन ०.९३ अंकको झिनो मात्रामा घटेको नेप्से करिब स्थीर हुँदै २५६०.१५ विन्दुमा रोकिएको हो । आज ३२८ कम्पनिका एक करोड ४ लाख ४९ हजार २९६ कित्ता शेयर ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार २९९ मा कारोबार भएको थियो ।आज होटल्स, हाइड्रो, उत्पादन, माइक्रो फाइनान्स अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
बजार बन्द हुँदा ११२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । दिनभरमा ३२८ वटा कम्पनी कारोबारमा आउँदा ६६ हजार ७९ पटक शेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये यसदिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत बढेको छ । त्यस्तै आज सबै भन्दा बढी साहास उर्जाको ४१ करोड ८० लाखको कारोबार भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको १६ करोड ९३ लाख बराबर कारोबार भएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- २ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश
- ३ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ४ सर्वपक्षीय बैठक बस्दै
- ५ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ६ जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन
- ७ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो

तपाईको प्रतिक्रिया दिनुहोस