Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २५ आईतवार

    अपडेट
    गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित

    नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित


    काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से १४.४५ अंकले घटेर २६६०.०२ विन्दुमा पुगेर बन्द भएको हो ।

    आज ३३८ कम्पनीका १ करोड ७ लाख ७७ हजार ५८२ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार ४८६ रुपैयाँ पुगेको छ ।

    कारोबारमा फाइनान्स र ट्रेडिङ समूह बाहेक सबै उपसूचक ओरालो लागेका छन् ।

    आज टक्सार पिखुवा खोला हाइड्रो र याम्बालिङ हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, भुजुङ हाइड्रोको शेयर मूल्य १४.६९ प्रतिशतले वृद्धि भएको छ ।

    त्यसैगरी, आज सबैभन्दा बढी गिरावट सोपान फार्माको शेयरमा देखिएको छ । कम्पनीको शेयर मूल्य ५.०५ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा अन्खु खोला जलविद्युत अग्रस्थानमा रहेको छ । कम्पनीको २९ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, सोपान फार्माको १७ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने

    काठमाडौँ — सरकारी कार्यालयहरूले खपत गरेको विद्युतको महसुल अब पूर्ण रूपमा डिजिटल माध्यमबाट भुक्तानी हुने भएको छ। यसका लागि नेपाल

    विदेशी मुद्राको विनिमय दर सार्वजनिक: कुवेती दिनार सबैभन्दा महँगो, डलरको…

    काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको आधिकारिक खुला बजार विनिमय दर सार्वजनिक गरेको छ। आजको

    नेप्सेमा ६.३८ अंकको गिरावट, सूचक घट्दा पनि कारोबार रकम भने…

    काठमाडौँ — धितोपत्र बजारमा अघिल्लो दिनको सुधारलाई निरन्तरता दिन नसक्दा आज (बुधबार) नेप्से सूचक ६.३८ अंक (०.२४%) ले घटेर २५७२.३४

    कीर्तिपुर, पुल्चोक र एकान्तकुना क्षेत्रको भोल्टेज सुध्रिँदै, चोभार सबस्टेसनबाट शुक्रबारदेखि…

    काठमाडौँ — काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप भरपर्दो र गुणस्तरीय बनाउन निर्माण गरिएको मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन सञ्चालनमा

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    १२ वर्षदेखि अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज गरिने

    काठमाडौं । १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी

    Techie IT