बुधबार नेप्से १५ अंकले घट्यो, सबै क्षेत्रको सूचक राताम्मे
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.४३ अंकले घटेको छ। यो गिरावटसँगै नेप्से २ हजार ५४५.४० विन्दुमा पुगेर रोकिएको छ।
आज ३५२ कम्पनीका १ करोड ९ लाख ६५ हजार ५४२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १९ करोड ८९ लाख २१ हजार ३९ रुपैयाँ बराबरको कारोबार भएको छ।
बुधबार कारोबारमा आएका सबै क्षेत्रका सूचक घटेका छन्।
आज सबैभन्दा बढी अप्पर लाहुर खोला हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै शुभम पावरको शेयर मूल्य ६.४० प्रतिशतले बढेको छ।
यता, आज सबैभन्दा धेरै इमर्जिङ नेपालको शेयर मूल्य १४.९९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४२ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै सेन्ट्रल फाइनान्सको १७ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी
- ७ आजको विदेशी मुद्राको विनिमय दर : डलर १५३ रुपैयाँ ६१ पैसामा बिक्री

तपाईको प्रतिक्रिया दिनुहोस