Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २२ बिहीबार

    अपडेट
    गृहपृष्ठ ∕ खेलकुद ∕ नेपाल स्कटल्याण्डसँग पराजित

    नेपाल स्कटल्याण्डसँग पराजित


    काठमाडौं| आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल स्कटल्याण्डसँग २ रनले पराजित भएको छ ।

    स्कटल्यान्डले प्रस्तुत गरेको ३२४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ३२१ रनमा अल आउट भयो । नेपालका भीम सार्की, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका थिए ।

    भीमले ७३ रन बनाए । भीमले ८५ बलमा आठ चौका प्रहार गरे । सोमपालले ६७, दिपेन्द्रले ५६, आरिफ शेखले ३९, कुशल भुर्तेल र करण केसीले १७–१७ रन जोडे ।

    त्यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रनको विशाल योगफल तयार गरेको थियो ।

    स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले शतकीय इनिङ खेले । बेरिङ्टनले ११४ बलमा ६ चौका र चार छक्कासहित १०२ रनको योगदान गरे । माइकल लिस्कले ९६, चार्ली टेयरले ६८ रन जोडे ।

    नेपालका करण केसी र दिपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए । ललितनारायण राजवंशीको नाममा एक विकेट रह्यो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    फिफा निलम्बनका कारण नेपालले पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने

    काठमाडौँ । फिफाको निलम्बन फुकुवा नभएपछि नेपालले बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप गुमाउने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ

    एसियाली खेलकुदमा नेपालले पाँचौँ दिनमा खोल्यो पदकको खाता, चीनको अग्रता…

    काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पाँचौँ दिनमा आएर पदकको खाता खोलेको छ। पुरुष कुमिते ८४ केजीमाथिको

    एसियाडमा नेपालको पहिलो पदक, तेन्जिङ शेर्पाले जिते कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ। कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष

    एसीसी प्रिमियर कप : हङकङ चाइनासँग खेल्दै नेपाल

    काठमाडौँ । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत आज हङकङ चाइनासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली

    साउदी अरेबियामाथि नेपालको शानदार जित, लगातार तेस्रो जितसँगै सेमिफाइनलमा प्रवेश

    काठमाडौं ।  नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार सम्पन्न खेलमा साउदी अरेबियाले

    एसीसी प्रिमियर कप जित्ने लक्ष्यसहित नेपाली टोली मलेसिया प्रस्थान गर्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

    Techie IT