Techie IT
  • The Film Nepal
  • २०८३ असार ३१ बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारनेपाल वायुसेवा निगमको सञ्चालकमा पाँच जना नियुक्त

    नेपाल वायुसेवा निगमको सञ्चालकमा पाँच जना नियुक्त


    काठमाडौँ । नेपाल वायुसेवा निगम को सञ्चालक समिति सदस्यमा पाँच जना नियुक्त भएका छन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ले खुला प्रतिस्पर्धामार्फत छनोट प्रक्रियामा सहभागी उम्मेदवारमध्ये पाँच जनालाई सञ्चालक सदस्यमा नियुक्त गरेको हो ।

    मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार डा. दीपकप्रसाद बास्तोला, प्रविन भट्टराई, महेन्द्रभक्त श्रेष्ठ, रूप लामिछाने र लिलाराज ढकाल सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ बमोजिम सञ्चालक सदस्य नियुक्तिका लागि गत वैशाख १२ गते सात दिने सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । उक्त सूचनाअनुसार २७ जनाले आवेदन दिएका थिए ।

    आवेदकहरूको शैक्षिक योग्यता, कार्यअनुभव, व्यावसायिक कार्ययोजना, प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मूल्यांकनपछि छनोट समितिको सिफारिसका आधारमा मन्त्रीस्तरीय निर्णयबाट पाँच जना नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले नियुक्त भएका सबै उम्मेदवारलाई सात दिनभित्र मन्त्रालयमा उपस्थित भई नियुक्ति प्रक्रिया पूरा गर्न आग्रह गरेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    प्रतिनिधिसभाका तीन समितिको बैठक आज, धितोपत्र बजारदेखि ग्यास आपूर्तिसम्मका विषयमा…

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्दैछ। अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा उद्योग,

    मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद…

    काठमाडौं । सरकारले बीउबिजन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीलाई रोकिएको नगद पुरस्कार उपलब्ध गराउनेलगायत

    एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको…

    काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप

    तीन दिन नदीमा बहाव बढ्ने पूर्वानुमान, काठमाडौं उपत्यकासहित धेरै जिल्लामा…

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश नदी तथा खोलामा पानीको बहाव

    भानुभक्तको मार्ग आत्मसात गर्दै नेपाली भाषा–साहित्यको संरक्षण गर्न सभामुख अर्यालको…

    काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरणमा सीमित नराखी उहाँले देखाएको मार्गलाई आत्मसात गर्दै नेपाली भाषा

    संघीय संसदका चार समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाका तीन र राष्ट्रिय सभाको एक गरी चार वटा समितिको बैठक बस्दैछन्। बैठकहरूमा राष्ट्रिय

    Techie IT