Techie IT
  • The Film Nepal
  • २०८२ पुष २९ मंगलवार

    गृहपृष्ठराष्ट्रियनेपाल र क्यानाडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता, नेपालमा दूताबास स्थापना गर्न क्यानाडालाई आग्रह

    नेपाल र क्यानाडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता, नेपालमा दूताबास स्थापना गर्न क्यानाडालाई आग्रह


    काठमाडौं/ ३ असाेज, परराष्ट्रमन्त्री डा अरजु राणा देउवा र क्यानाडाली विदेशमन्त्री मेलानी जोलीबीच बुधबार क्यानाडाको ओटावामा द्विपक्षीय भेटवार्ता भएको छ । सो वार्ताका क्रममा नेपाल–क्यानाडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो ।

    क्यानाडाली विदेशमन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा राणा क्यानाडा पुग्नुभएको छ ।

    भेटका क्रममा उहाँहरुले दुई देशबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रही आएको बताउनुभएको थियो । नेपाल र क्यानाडाले आगामी बर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ बार्षिकोत्सव मनाउँदैछन् ।

    त्यस भेटमा परराष्ट्रमन्त्री डा राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानाडाले पुर्याएको सहयोगको सराहना गर्नुभयो । नेपालको संसदले हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पास गरेको र यसबाट अब बाँकी रहेका शान्ति प्रक्रियाका कामहरु पनि पूर्ण हुने जानकारी मन्त्री डा राणाले दिनुभयो ।

    साथै सो वार्तामा मन्त्री डा राणाले नेपालमा पछिल्लो महाभूकम्प, कोभिड महामारीजस्ता अप्ठेरो अवस्थामा पुर्याएको सहयोगका लागि क्यानाडा सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । नेपाललाई विभिन्न क्षेत्रमा विभिन्न शीर्षकबाट विगत लामो समयदेखि क्यानाडाले पुर्याउँदै आएको आर्थिक सहायता तथा विकास साझेदारका रुपमा गर्दै आएको सहयोगको त्यस अवसरमा मन्त्री डा राणाले स्मरण गर्नुभयो ।

    त्यस अवसरमा मन्त्री डा राणाले नेपालमा क्यानाडाको राजदूताबास स्थापनाका लागि क्यानाडा सरकारलाई आग्रह पनि गनुृभयो । उहाँले भन्नुभयो “अध्ययनका लागि क्यानाडा जाने नेपाली विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दै छ भने नेपाल आउने क्यानाडाली पर्यटकको सङ्ख्या पनि पछिल्लो समय बढ्दो छ । त्यसैगरी अनुसन्धानदाता, व्यवसायी तथा अरु पनि दुई देशका धेरै क्षेत्रका नागरिकबीच भ्रमणहरु आदानप्रदान भइरहेको छ । त्यसैले क्यानाडाले नेपालमा दूताबास स्थापना गर्नु मनासिब हुनेछ, म यो अनुरोध गर्न चाहन्छु ।”

    उहाँले एसियाका दुई ठूला देशका बीचमा रहेको नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा आफ्नो राजदूताबास स्थापना गर्नु क्यानाडाका लागि आवश्यक छ भनेर पनि सोचिदिन सो अवसरमा विदेशमन्त्री जोलीसमक्ष आग्रह पनि गर्नुभयो ।

    अतिकम विकसित राष्ट्रका रुपमा सन् २००३ देखि नै क्यानाडाले नेपाली उत्पादनहरुलाई क्यानाडा प्रवेशका लागि ड्युटी फ्रि सुविधा उपलब्ध गराउँदै आएको छ । नेपाल सन् २०२६ मा एलडिसीबाट ग्राजुएट हुने योजनामा रहेकाले त्यसपछि पनि नेपाललाई व्यापारिक र लगानीसम्बन्धी सुविधामा क्यानाडाको निरन्तर सहयोगको अपेक्षा गरेको मन्त्री डा राणाले बताउनुभयो ।

    जलविद्युतका क्षेत्रमा क्यानाडाको विगत लामो समयदेखिको अनुभव र विज्ञता रही आएको उल्लेख गर्दै मन्त्री डा राणाले नेपालमा जलविद्युतका क्षेत्रमा लगानीको धेरै ठूलो सम्भावना रहेकाले लगानी गर्न क्यानाडालाई आग्रह गर्नुभयो ।

    नेपाल र क्यानाडाबीच कैयौँ अन्तर्राष्ट्रिय मुद्दा तथा विषयहरुमा समान धारणा रहँदै आएको बताउँदै मन्त्री डा राणाले सो भेटका क्रममा बहुपक्षीयता, संयुक्त राष्ट्रसङ्घमा शान्ति स्थापनार्थ गरिएका कामहरु, जलवायु परिवर्तन तथा दिगो विकास लक्ष्यको कार्यान्वयनका क्षेत्रमा नेपाल र क्यानाडाले समान धारणा र सहकार्यका साथ काम गर्दै आएको बताउनुभयो ।

    नेपाल अहिले संयुक्त राष्ट्रसङ्घमा शान्ति सेना पठाउने विश्वको ठूलो देश रहेको स्मरण गर्दै मन्त्री डा राणाले नेपालले विगत छ दशकभन्दा लामो समयदेखि यो कार्यमा योगदान र अनुभव गर्दै आएको र कैयौँ शान्ति स्थापनाका कार्यमा दुई देशले मिलेर काम गर्ने गरेका उदाहरण रहेका पनि बताउनुभयो ।

    उहाँले नेपालका दुई हजार ५५४ जना महिला शान्ति सैन्यले राष्ट्रसङ्घको शान्ति मिसनमा काम गरिसकेका र अहिले पनि सो मिसनमा खटिरेहकामा ६०८ जना महिला रहेका जानकारी दिनुभयो ।
    आगामी डिसेम्बरमा काठमाडौँमा द्विपक्षीय वार्ता हुने र त्यस क्रममा दुई देशबीच पर्यटन र शिक्षासम्बन्धी समझदारीको आधार तय गरिने सो वार्तामा सहमति भएको थियो । साथै आगामी बर्ष मनाइने नेपाल क्यानाडा कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ बर्षगाँठका दौरानमा यी समझ्दारीमा हस्ताक्षर हुनेगरी काम गरिने सहमति पनि यो वार्तामा भएको छ।

    नेपालमा महिला सशक्तिकरणका क्षेत्रमा क्यानाडाले पुर्याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै क्यानाडाले अघि सारेको ‘फेमिनिस्ट फरेन पोलिसी’ विषयमा मिलेर अघि बढ्ने सहमति पनि सो वार्तामा भएको थियो ।

    सो पोलिसीमा एकसाथ अघि बढ्न क्यानाडाली विदेशमन्त्री जोलीले आग्रह गर्नुभएको थियो । उहाँले पछिल्लो समयमा समावेशिताका साथै महिला अधिकारका क्षेत्रमा नेपालले गरेको प्रगतिको पनि सराहना गर्नुभएको थियो ।

    त्यसैगरी उहाँले क्यानाडेली पेन्सन फण्डका माध्यमबाट नेपालमा आवश्यक सहयोग गर्न क्यानाडा सरकार तयार रहेको बताउनुभयो । उहाँले परराष्ट्रमन्त्री डा राणाले राख्नुभएको नेपालमा क्यानाडाली दूताबास स्थापनाको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया पनि दिनुभयो ।

    हाल क्यानाडामा नेपालीहरुको बढ्दो उपस्थिति खुसीको कुरा हो भन्दै मन्त्री जोलीले नेपालीहरु इमान्दार र काममा लगनशील भएको प्रतिक्रिया यहाँ उनीहरुको कामका कारण आफूले पाएको पनि सुनाउनुभयो ।

    उहाँले नेपालमा महिला सशक्तिकरणका क्षेत्रमा सहयोग निरन्तर रहने जनाउँदै छात्रा विश्वविद्यालय स्थापनाका साथै छात्रा शिक्षाका क्षेत्रमा क्यानाडाले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । त्यसैगरी नेपालमा डिजीटल मार्केटिङ र इ‐गभर्नेन्सका क्षेत्रमा सहयोगका लागि मन्त्री डा राणाले गर्नुभएको प्रस्तावको स्वागत गर्दै आपसी सहयोगका साथ अघि बढ्ने प्रतिक्रिया क्यानाडाली विदेशमन्त्री जोलीले दिनुभयो । त्यस अवसरमा मन्त्री डा राणाले क्यानाडाली विदेशमन्त्री जोलीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिनुभएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र भोलि बिहान ९ बजे सम्मको लागि…

    काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको सोमबारको बन्दसत्र स्थगित भएको छ । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले मंगलबार 

    तोकिएकै मिति २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन नभए नेपाली जनताले प्रतिकार…

    वीरगंज, २८ पुस । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले कुनै पनि बहानामा चुनाव सार्ने षडयन्त्र नगर्न

    प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत बासको शिष्टाचार भेट

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन् । आज प्रधानमन्त्री तथा

    शिक्षण अस्पतालले माघ १ गतेबाट स्वास्थ्य बीमाबाट हुने उपचार रोक्ने

    काठमाडौं । मुलुककै प्रमुख सरकारी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिरिने निर्णय गरेको

    समानुपातिक उम्मेदवारका लागि आज अन्तिम मौका, ४ बजेसम्म उम्मेदवारी फिर्ता…

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा परेका उम्मेदवारलाई आज अन्तिम पटक उम्मेदवारी फिर्ता लिने

    राप्रपाको चियापानमा प्रधानमन्त्री कार्की

    काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की पुगेकी छिन् । पार्टीले काठमाडौंको भृकुटीमण्डपमा

    Techie IT