नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकको समितिको प्रतिवेदन सर्वसम्मत पारित
काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ।
बुधबार बसेको अर्थ समितिको बैठकले समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले प्रतिवेदन पारित गर्न गरेको प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।
बैठकमा विधेयकसम्बन्धी समितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्दै सभापति बुढाथोकीले समितिका सदस्यबाट प्राप्त सुझाव तथा सल्लाहका आधारमा दफावार छलफल गरी सर्वसम्मत निर्णय गरिएको बताए।
उनले विधेयकलाई सर्वसम्मत ढंगले अघि बढाउनुपर्ने विषयमा समितिका सबै सदस्यको सकारात्मक धारणा रहेको उल्लेख गरे। समितिका बैठकबाट भएका निर्णयका आधारमा नै प्रतिवेदन तयार पारिएको भन्दै उनले निर्णयबाहेक अन्य विषयवस्तु प्रतिवेदनमा समावेश भए–नभएको जाँच गर्न बैठक केन्द्रित रहेको बताए।
सभापति बुढाथोकीले समितिका सदस्यले आवश्यक ठानेमा थप सुझाव तथा धारणा अर्थ समिति सचिवालयमा लिखित रूपमा अभिलेख गराउन सक्ने व्यवस्था रहेको पनि जानकारी दिए।
नेपाल राष्ट्र बैंक ऐन संशोधनको प्रक्रियाले मुलुकको आर्थिक विकासमा संरचनागत परिवर्तन ल्याउन सक्ने उल्लेख गर्दै उनले विशेषगरी राष्ट्र बैंकको नेतृत्व चयन तथा नेतृत्वबाट हुने कार्यसम्पादनसँग सम्बन्धित विषयमा समितिमा महत्वपूर्ण छलफल भएको बताए।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ४ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ५ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी
- ६ आजको विदेशी मुद्राको विनिमय दर : डलर १५३ रुपैयाँ ६१ पैसामा बिक्री
- ७ मनाङको हिम्लुङ हिमालमा हिमपहिरो : चार जनाको मृत्यु, १० भन्दा बढी बेपत्ता भएको अनुमान

तपाईको प्रतिक्रिया दिनुहोस