नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त
काठमाडौँ । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावललाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकमा २०८२ फागुन २५ गतेदेखि दुईमध्ये एक डेपुटी गभर्नर पद रिक्त थियो। सरकारले गत चैत २४ गते किरण पण्डितलाई डेपुटी गभर्नर नियुक्त गरे पनि अर्को पद भने रिक्त राखेको थियो।
नेपाल राष्ट्र बैंक ऐनअनुसार गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ।
रावल हाल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरिवेक्षण विभागका प्रमुखका रूपमा कार्यरत थिए। उनले सन् २०१९ देखि २०२४ सम्म नेपालको वित्तीय जानकारी इकाई (एफआईयू) प्रमुखका रूपमा समेत काम गरेका थिए।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ हिमतालको बढ्दो जोखिम : पूर्वतयारीको आवश्यकता
- २ रसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ
- ३ भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८
- ४ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- ५ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- ६ नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ : उपराष्ट्रपति यादव
- ७ गोरखाको छेकम्पारमा ठूलो पहिरो, स्यारखोला केही समय थुनियो

तपाईको प्रतिक्रिया दिनुहोस