नेपाल–बेलायत सम्बन्धको १०० वर्षः स्टेट हलमा स्मरण
काठमाडौं । पुरानो द्धिपक्षीय सम्बन्ध भएको नेपाल–बेलायत सम्बन्धको आज स्मरण गरिएको छ । दुई देशबीच शान्ति तथा मैत्री सन्धि सन् १९२३ को डिसेम्बर २१ मा सिंहदरबार स्थित स्टेट हलमा भएको थियो । (जहाँ अहिले प्रधानमन्त्री कार्यालय छ) त्यसबेला तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्सेरले नेपालको तर्फबाट र बेलायतकातर्फबाट लेफ्टिनेन्ट कर्णेल ओ कोन्नर (पछि नेपालका लागि बेलायतका पहिलो राजदूत भए) ले उक्त सन्धिमा हस्ताक्षर गरेका थिए । त्यहि सन्धिबाट नेपालको विश्वसँग सम्बन्ध जोडिएको थियो भने नेपाललाई स्वतन्त्र र सार्वभौम मुलुकको रुपमा तत्कालीन ‘लिग अफ नेसन्स’ मा प्रस्तुत गर्दै सदस्यता पनि लिइएको थियो । उक्त सन्धि भएको आज बिहीबार १०० वर्ष पुगेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार सिंहदरबारको त्यही हलमा परराष्ट्रमन्त्री एनपी साउदको उपस्थितिमा नेपालका लागि बेलायतका राजदूत रब फेनलाई बोलाएर उक्त सन्धिलाई फेरि एकपटक स्मरण गरेको हो । परराष्ट्रमन्त्री साउदले नेपाल र बेलायतबीच सन् १८१६ मा द्विपक्षीय सम्बन्ध स्थापना गरेको उल्लेख गर्दै सन् १९२३ को सन्धिले दुई मुलुकबीच गहिरो मित्रता र विश्वास स्थापित गरेको प्रष्ट पारे । ‘हाम्रो सम्बन्धमा उत्कृष्ट नीतिलाई सम्मान गर्न हाम्रो नेताहरुले यो सन्धि गरेका हुन्, जसले मित्रता सहकार्य र पारम्परिक सम्मानलाई उजागर गर्छ,’ उनले भने । बेलायती राजदूत फेनले १०० वर्षको उपलक्ष्यमा हुन गइरहेको कार्यक्रममा सन्धिको हस्ताक्षर नै भएको स्थानमा भएकोमा खुसी व्यक्त गरे । उनले नेपाल कहिले पनि कसैको अधीनमा नरहेको मुलुक भएको उल्लेख गरे । ‘नेपाल कहिल्यै पनि कसैको अधीनमा पनि रहेन, उपनिवेशन पनि भएन र स्वतन्त्र मुलुकको रुपमा रहँदै आएको छ,’ उनले भने ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेनलाई रोक्दै केप भेर्डेको ऐतिहासिक सफलता, गोलरक्षक भोजिन्हाको भावुक प्रतिक्रिया
- २ पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेप उपाध्यक्ष नियुक्त
- ३ इरानद्वारा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा, अमेरिका–इरान तनाव थप चर्कियो
- ४ परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा प्रस्थान गर्दै
- ५ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
- ६ नेप्सेमा सामान्य गिरावट, ४ अंक घट्दा कारोबार ४ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी
- ७ राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

तपाईको प्रतिक्रिया दिनुहोस