Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २९ सोमबार

    अपडेट
    गृहपृष्ठराजनीतिनेपाल पर्वतारोहण संघको निर्वाचनका लागि कुलबहादुर गुरुङको प्यानल सार्वजनिक

    नेपाल पर्वतारोहण संघको निर्वाचनका लागि कुलबहादुर गुरुङको प्यानल सार्वजनिक


    काठमाडौं । आउँदो भदौ ७ गते हुने नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचनका लागि कुलबहादुर गुरुङ नेतृत्वको प्यानल सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्षका प्रत्यासी कुल बहादुर गुरुङसहित प्यानलकै नाम घोषणा भएको हो ।

    ३३ वर्षदेखि पर्यटन क्षेत्रमा क्रियाशील गुरुङले आफू सक्षम उम्मेदवार भएको दाबी गर्दै एनएमएलाई स्वार्थभन्दा माथि उठाएर संस्थाको उद्देश्यप्राप्तिमा अघि बढाउने प्रतिबद्धता जनाए। उनको समूहले नेपालका हिमाललाई जीवन, संस्कृति, अर्थतन्त्रको मेरुदण्ड र राष्ट्रिय गौरवको स्रोतका रूपमा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित सात नीतिगत प्रतिवद्धता सार्वजनिक गरेको छ।

    भदौ ७ गते हुने निर्वाचनका लागि कुल बहादुर गुरुङ प्यानलले पहिले नाम सार्वजनिक गरेको हो । फर गेल्जे शेर्पा समूहले पनि छिटै प्यानल नै सार्वजनिक गर्ने तयार गरेको छ ।

    उम्मेदवारहरुको परिचयात्मक कार्यक्रममा एनएमएका पूर्व महासचिव समेत रहिसकेका र आगामी नेतृत्वका लागि दावी गरिरहेका धादिङका कुल बहादुर गुरुङले आफूले ३३ वर्षपछि नेतृत्वमा आउन चाहेको रएनएमएको नेतृत्व गर्न तत्पर रहेको बताए ।

    प्यानलमा रहेका प्रमुख उम्मेदवारहरू:

    वरिष्ठ उपाध्यक्ष: टिकाराम गुरुङ

    प्रथम उपाध्यक्ष: मिङमा ग्याबु शेर्पा

    द्वितीय उपाध्यक्ष: धनबहादुर गुरुङ

    महासचिव: बिमलकुमार नहर्की

    सचिव: ङिमा दिकी शेर्पा

    कोषाध्यक्ष: सुमी लामा

    सदस्यमा चर्चित आरोही मिङमा ग्याबु शेर्पा, विश्व साइकल यात्री पुष्कर शाह, कलाकार सुमी लामा, दिकी शेर्पा, गीता राई, माधवप्रसाद पाण्डे, नुर्बू छिरिङ शेर्पा लामा, लालबहादुर जिरेल, सुदास लामा, अशोक तामाङ, पासाङ शेर्पा, बलबहादुर सुयाल र हरिगोपाल प्रधान लगायत छन्।

    प्यानलका मुख्य प्रतिवद्धता

    • सुरक्षित आरोहण र स्वच्छ हिमाल
    • पारदर्शी नेतृत्व
    • अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्वतीय पर्यटनलाई अग्रणी बनाउने
    • हेलि–रेस्क्यू नियमन र दुरुपयोग नियन्त्रण
    • आठ हजार मिटरभन्दा माथिका हिमालमा आचारसंहिता लागू
    • एनएमए तालिम एकेडेमी र अनुसन्धान केन्द्र स्थापना
    • सबै सेवामा डिजीटल प्रणाली र ‘एकद्वार सेवा’ प्रणाली कार्यान्वयन

     




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व : राष्ट्रियसभा अध्यक्ष…

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसदको जिम्मेवारी र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। संघीय

    प्रेस काउन्सिलविरुद्धकाे रिट खारेज

    काठमाडौँ । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालविरुद्ध माउन्टेन टेलिभिजनले हालेको रिट निवेदन खारेज गरेको छ ।न्यायाधीश सारंगा सुवेदी र शान्तिसिंह थापाको

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण अलपत्र, अस्पताल निर्माणलाई बन्धक…

    पोखरा । कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन निर्माण पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन

    आजदेखि शुक्र ग्रह अस्त हुँदै

    काठमाडौं । शुक्र ग्रह शनिबार १२ बजेर ५५ मिनेट शुक्र ग्रह पूर्वमा अस्त हुँदैछ।अस्त भएको शुक्र माघ १५ गते बिहीबार रातको

    बढिरहेछ अमेरिकी डलर,आजको विनिमय दर के कस्तो छ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४

    अब नयाँ समझदारी आवश्यक छ : लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक अत्यन्तै विषम परिस्थितिमा रहेको बताएका छन् । नेकपा एमालेको ११औँ महाधिवेशनलाई

    Techie IT