नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय समिति गठन
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनद्वारा विभिन्न समयमा गरिएका उपकरण, प्रविधि तथा सेवा खरिद प्रक्रियाको अध्ययन र छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ।
मन्त्रालयको २०८३ असार १ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार डा. सुदीप भट्टराईको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिलाई खरिद प्रक्रियासँग सम्बन्धित उजुरी, प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयहरूको तथ्यगत अध्ययन गरी २१ दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउने जिम्मेवारी दिइएको छ।
समितिले नेपाल टेलिभिजनले खरिद गरेका ग्राफिक्स सिस्टम, न्यु मिडिया (डिजिटल प्लेटफर्म) सेवा, अडियो–भिडियो उपकरण, डिजिटल ट्रान्समिटर तथा इटहरी च्यानलका लागि खरिद गरिएको ‘प्लेआउट अटोमेसन सिस्टम’ सम्बन्धमा विस्तृत अध्ययन गर्नेछ।
यी खरिद प्रक्रियासम्बन्धी विभिन्न निकायमा गुनासो तथा उजुरी परेकाले मन्त्रालयले आन्तरिक जानकारी र तथ्य संकलनका लागि छानबिन समिति गठन गरेको जनाएको छ।
नेपाल टेलिभिजनमा पछिल्ला केही वर्षयता प्रसारण प्रणालीको आधुनिकीकरणका क्रममा भएका विभिन्न खरिद प्रक्रियामा पारदर्शिता तथा कानुनी प्रक्रिया पालना गरिएको विषयमा प्रश्न उठ्दै आएका छन्।
यसअघि पनि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थासँग सम्बन्धित स्याटेलाइट खरिद प्रकरणबारे छानबिन गर्न छुट्टै समिति गठन गरेको थियो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- ३ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ४ फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा स्थान बनायो
- ५ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ६ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ७ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग

तपाईको प्रतिक्रिया दिनुहोस