Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २५ आईतवार

    अपडेट
    गृहपृष्ठ ∕ राजनीति ∕ नेपाल–अष्ट्रेलिया सहकार्य विस्तारमा जोड, डिजिटल रूपान्तरण र छात्रवृत्ति वृद्धि विषयमा छलफल

    नेपाल–अष्ट्रेलिया सहकार्य विस्तारमा जोड, डिजिटल रूपान्तरण र छात्रवृत्ति वृद्धि विषयमा छलफल


    काठमाडौँ|  सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, विकास साझेदारी विस्तार गर्ने तथा डिजिटल रूपान्तरणलगायत विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

    छलफलमा सञ्चार क्षेत्रको सुदृढीकरण, सङ्घीयताको प्रभावकारी कार्यान्वयन, डिजिटल पूर्वाधार विस्तार तथा सूचना प्रविधिमा आधारित सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको थियो।

    सो अवसरमा सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाललाई अष्ट्रेलियाले निरन्तर उपलब्ध गराउँदै आएको विकास सहायताका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो। उहाँले अष्ट्रेलियाले नेपाली विद्यार्थीका लागि सञ्चालन गर्दै आएको छात्रवृत्ति कार्यक्रमको दायरा विस्तार गरी थप विद्यार्थीलाई उच्च शिक्षाको अवसर उपलब्ध गराउन आग्रह गर्नुभयो।

    मन्त्री तिमिल्सिनाले सरकारले हुलाक सेवाको आधुनिकीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिँदै अष्ट्रेलियाको आधुनिक, प्रभावकारी र प्रविधिमैत्री हुलाक प्रणालीबाट नेपालले सिक्न चाहेको बताउनुभयो। साथै, नेपालमा पनि त्यस्ता सफल अभ्यास लागू गर्न प्राविधिक सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो।

    उहाँले सरकारले “डिजिटल नेपाल” अभियानअन्तर्गत सार्वजनिक सेवामा प्रविधिको प्रयोग बढाउने, डिजिटल पूर्वाधार विस्तार गर्ने तथा सूचना प्रविधिमा आधारित सेवा प्रणाली विकास गर्ने दिशामा काम गरिरहेको उल्लेख गर्दै डिजिटल रूपान्तरणका क्षेत्रमा अष्ट्रेलियाको थप सहयोग अपेक्षा गरिएको बताउनुभयो।

    भेटमा मन्त्री तिमिल्सिनाले नेपाल मानव अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले स्वतन्त्र प्रेस लोकतन्त्रको आधारस्तम्भ भए पनि पत्रकारिता जिम्मेवार, तथ्यपरक र व्यावसायिक हुनुपर्नेमा जोड दिँदै पत्रकारहरूको क्षमता अभिवृद्धि, डिजिटल पत्रकारिता, नयाँ प्रविधिको प्रयोग तथा तथ्य परीक्षणसम्बन्धी सीप विकासमा सरकारले प्राथमिकता दिएको जानकारी दिनुभयो।

    नेपाल र अष्ट्रेलियाबीच शिक्षा, रोजगारी, पर्यटन, सांस्कृतिक आदानप्रदान तथा विकास साझेदारीमार्फत जनस्तरको सम्बन्ध पछिल्ला वर्षहरूमा अझ सुदृढ हुँदै गएको विषयमा पनि छलफल भएको थियो।

    राजदूत अन्स्र्टले नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखि विकास साझेदारका रूपमा सहकार्य हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा सहकार्य विस्तार गर्न सकिने क्षेत्रबारे चासो व्यक्त गर्नुभयो। उहाँले लोकतन्त्रका आधारभूत मूल्यका रूपमा अभिव्यक्ति स्वतन्त्रता र विचार स्वतन्त्रताको संरक्षण आवश्यक रहेको बताउँदै पछिल्लो समय बढ्दो गलत सूचना र दुष्प्रचार चुनौतीका रूपमा देखिएकाले त्यसको नियन्त्रण र व्यवस्थापनमा साझा प्रयास आवश्यक रहेको धारणा राख्नुभयो।

    राजदूत अन्स्र्टले अष्ट्रेलियाले नेपालमा सङ्घीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक प्राविधिक तथा संस्थागत सहयोग जारी रहने विश्वास व्यक्त गर्नुभयो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    पढ्न चाहने बालबालिकाका लागि मेरो सहयोग निरन्तर रहनेछ – मोहन…

    सिन्धुपाल्चोक,गाउँगाउँका सामुदायिक विद्यालयमा शुद्ध पिउने पानीका लागि ‘वाटर डिस्पेन्सर’, सबै विद्यार्थीका लागि एउटै पोसाक र हातहातमा शैक्षिक सामग्री सुन्दा कुनै

    नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित, ९३.८८ प्रतिशत मतसहित खड्गीमाथि…

    काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी बहुमतका साथ विजयी भएका छन्।

    नेपाली श्रमिकलाई ठूलो राहत: मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट…

    काठमाडौँ — मलेसियामा कार्यरत नेपाली राष्ट्रियताका श्रमिकहरूका लागि खुसीको खबर छ। मलेसिया सरकारले आगामी वर्ष २०२७ को बजेट सार्वजनिक गर्दै

    नेपालमै फाइभ-जी सेवा सुरु गर्ने सरकारको तयारी, श्रम होइन प्रविधि…

    काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन गर्ने लक्ष्यसहित सरकारले यसै वर्ष फाइभ–जी

    दसैँको अग्रिम टिकट बुकिङ आजदेखि खुला: टिकट लिन बिहीबार राति…

    काठमाडौँ — महान् चाड दसैँमा घर जाने यात्रुहरूका लागि सरकारले आज (शुक्रबार) देखि लामो तथा मध्यम दूरीका सवारीसाधनको अग्रिम टिकट

    कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द

    कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार बिहान लेदोसहितको

    Techie IT