Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र १९ शुक्रबार

    अपडेट
    गृहपृष्ठराजनीतिनेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने

    नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने


    ललितपुर, २४ असोज । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक सानेपामा हिजोबाट सुरु भएको बैठक आज शुक्रबार १ बजे पुनः बस्ने भएको छ।
    पार्टीका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा पदाधिकारीहरुले धारणा राख्नेक्रम नसकिएकोले आज पुन: बस्ने गरी स्थगित भएको प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी गराउनुभयो।

    “वर्तमान परिवेशमा भएको घटनाक्रमले खडा गरेको राजनीतिक चुनौती र पार्टीप्रतिको चुनौतीलाई जोगाउँदै देशलाई जोगाउने विषयमा छलफल जारी छ, पार्टीलाई विशेष परिवेशमा कसरी अगाडि बढाउने भनेर छलफल भैरहेको छ, धेरै पदाधिकारीहरुले बोल्न बाँकी रहेको भोलि पनि बोल्नेक्रम जारी रहनेछ, समयमा नियमित अधिवेशन हुनुपर्छ भन्ने कुरा आएको छ, मंसिरभित्रै सम्पूर्ण विधि प्रक्रिया पूरा गर्न सकिन्छ कि सकिंदैन भनेर छलफल भएको छ।” प्रवक्ता डाक्टर महतले भन्नुभयो।

    डाक्टर महतले गत भदौ २४ गतेको जेन जेड आन्दोलनमा व्यक्तिका निजी सम्पति, नेता तथा व्यवसायीमाथि, राष्ट्रिय सम्पत्तिमाथि आगजनी गर्नेलाई कारवाहीमा ल्याउनुपर्छ भन्ने कांग्रेसको धारणा रहेको भन्दै २३ गते भएको घटनाको छानबिन आयोगले विश्वासनीय ढंगले गर्नेमा विश्वास रहेको बताउनुभयो।
    “भदौ २३ गते भएको आयोगले घटनाको छानविन आयोगले गर्नेछ, २४ गतेको घटनाको कारवाही नगर्ने हो  भने निर्वाचन माथि नै प्रश्न उठ्छ, विगतमा नै हाम्रो दृष्टिकोण सार्वजनिक गरेर २४ गतेको घटनाप्रतिको धारणा सार्वजनिक गरेका छौं, देशमा शान्ति सुरक्षा कायम हुनुपर्छ,२३ गतेको घटनाको कांग्रेसले निन्दा गरेका छ।” उहाँले भन्नुभयो।

    अराजकतालाई कारवाही नगर्दा पूँजी पलायन हुने खतरा बढेको छ भन्दै उहाँले अराजकतालाई प्रोत्साहन गर्नेगरी गृह मन्त्रालयले सार्वजनिक गरेको घटनाप्रति असन्तुष्टि व्यक्त गर्नुभयो।

    “नेताहरुको घर जलाइएको छ, किसुनजीको आश्रम जलाइएको छ, लोकतान्त्रिक मुल्यमान्यतालाई सिध्याउने षड्यन्त्र भइरहेको छ, यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, आन्दोलनमा गोली चलाउनेहरुको पहिचान गरेर कारवाह हुनुपर्छ।” ,उहाँले भन्नुभयो।
    उहाँले निर्वाचनका लागि कांग्रेस जहिले पनि तत्पर रहेको भन्दै विश्वासनीय निर्वाचनका लागि सरकार गम्भीर भएन भने संसद पुनःस्थापनाको पनि विकल्प हुन सक्छ भन्ने धारणा राख्नुभयो।

    जेन जेड आन्दोलनपछि पहिलोपटक असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकपूर्व पार्टीका गतिविधि, विकसित राजनीतिक घटनाक्रम, केन्द्रीय समिति वैठकका एजेन्डाका बारेमा छलफल गर्न र महाधिवेशनका बारेमा समेत छलफलका लागि पदाधिकारी तथा पूर्वपदाधिकारीहरु समेतको बैठक बसेको हो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    श्रद्धा–भक्तिपूर्वक मनाइँदै श्रीकृष्ण जन्माष्टमी

    काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको

    कृष्णभीर अवरुद्ध : बाइरोडबाट काठमाडौंमा दैनिक २४ हजार ५ सय…

    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्ड अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) को वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं

    भोटेकोशी बाढीको क्षति र उद्धारबारे कूटनीतिक समुदायलाई जानकारी

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको अवस्था, सरकारको खोज तथा उद्धार प्रयास, विदेशी नागरिकको अवस्था

    भोटेकोशी बाढी : मृतकको संख्या १ हजार २५२ पुग्यो, ४…

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म १ हजार २५२ जनाको शव फेला

    Techie IT