Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २२ बिहीबार

    अपडेट
    गृहपृष्ठ ∕ समाचार ∕ नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

    नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै


    काठमाडौं । आज (शुक्रबार) नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ ।सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।

    यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) आज देश तथा विश्वभर विविध कार्यक्रमसहित मनाइँदैछ। सन् १८८६ मा अमेरिकाको सिकागो मा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा यो दिवस मनाउने गरिएको हो।

    उक्त आन्दोलनका क्रममा सिकागोको हेयमार्केट क्षेत्रमा बम विस्फोट भएको थियो। बम कसले गराएको भन्ने स्पष्ट नभए पनि त्यसपछि प्रहरीले आन्दोलनरत मजदुरमाथि दमन गर्दा गोली लागेर सात मजदुरको मृत्यु भएको थियो। यद्यपि, उक्त आन्दोलनले अन्ततः श्रमिकका मागहरू स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।

    सन् १८८९ मा पेरिस मा सम्पन्न अन्तर्राष्ट्रिय श्रमिक तथा ट्रेड युनियन नेताहरूको सम्मेलनले मे १ लाई विश्व श्रमिक दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। त्यसयता सन् १८९० देखि हरेक वर्ष मे १ मा यो दिवस मनाउने परम्परा रहँदै आएको छ।

    यो दिवसलाई विश्वभरका श्रमिकहरूले आफ्नो हक, अधिकार र श्रमसम्मानको सुनिश्चितताका लागि सरकार र रोजगारदातासमक्ष आवाज उठाउने अवसरका रूपमा लिन्छन्।

    नेपालमा पनि विभिन्न मजदुर सङ्गठनहरूले सभा, र्‍याली तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरी मे दिवस मनाउँदै आएका छन्। नेपालमा पहिलो पटक विसं २००७ सालमा विराटनगर मा मजदुर आन्दोलनसँगै यो दिवस मनाइएको थियो। विसं २०४६ को राजनीतिक परिवर्तनपछि भने मे १ मा सार्वजनिक बिदा दिने व्यवस्था गरिएको हो।

    यस वर्ष पनि अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासङ्घ (स्वतन्त्र) लगायतका सङ्गठनहरूले विभिन्न कार्यक्रममार्फत श्रमिक दिवस मनाउने जनाएका छन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द

    कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार बिहान लेदोसहितको

    बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते…

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको बडादसैँका लागि घटस्थापनादेखि विजयादशमी (टीका) सम्मको आधिकारिक साइत र धार्मिक समय

    “साइबर सुरक्षा र प्रविधि बलियो बनाएर अनलाइन मतदानतर्फ अघि बढ्छौँ”…

    काठमाडौँ — निर्वाचन आयोगले नेपालमा अनलाइन मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगबारे सम्भाव्यता अध्ययन र प्राविधिक प्रदर्शन कार्यक्रम

    दसैँ, तिहार र छठका लागि असोज २३ गतेदेखि सार्वजनिक यातायातको…

    काठमाडौँ — सरकारले आसन्न दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आगामी असोज २३ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    Techie IT