काठमाडौं । नेपालले युएईलाई २४० रनको लक्ष्य दिएको छ । आइसीसी विश्वकप लिग-२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० मा ९ विकेट गुमाउदै २३९ रन बनाएको हो ।
दुबईमा टस हारेर ब्याटिङ गरेकाे नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३९ रन बनायाे । नेपालका भीम सार्कीले ४८, कुशल मल्लले ४५ रन बनाए । यूएईका जुनैद सिद्दिकी, मुहम्मद जावदुल्लाह र ध्रुव पराशरले २/२ विकेट लिए ।
नेपाल यसअघि पहिलो खेलमा अमेरिकासँग १ सय ६ रनले र अमेरिकासँगकै अर्को खेलमा ४ विकेटले पराजित भएको थियो । यस्तै नेपाल यसअघि यूएईसँगको खेलमा ५ विकेटले पराजित भएको थियो ।
नेपाल १९ खेलमा १२ अङ्कसहित तालिकाको सातौं स्थानमा छ । अमेरिका २४ खेलमा ३६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यूएई १९ खेलमा ८ अङ्कसहित तालिकाको पुछारमा छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ खोलाको मापदण्ड पालना नगरी निजी जग्गामा सडक निर्माण गरिएको भन्दै अख्तियारमा उजुरी
- २ सामाजिक सद्भाव जोगाऔँ, विभाजनको राजनीति असफल बनाऔँ
- ३ सिन्धुलीमा बसको ठक्करपछि कार सुनकोसी नदीमा खस्यो, तीन जना बेपत्ता
- ४ नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
- ५ सुनसरी गोलीकाण्ड : उपचारका क्रममा अर्का युवकको मृत्यु, मृतक संख्या तीन पुग्यो
- ६ एलपी ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमद्वारा ‘क्विक रेस्पोन्स टिम’ गठन
- ७ आज बस्दै प्रतिनिधिसभा बैठक, भूमिहीन र सुकुम्बासीको मुद्दा प्रमुख एजेन्डामा

तपाईको प्रतिक्रिया दिनुहोस