Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रनेपालमै बनेको विद्युतीय स्कुटर प्रवद्र्धनमा सरकारको साथ रहने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता

    नेपालमै बनेको विद्युतीय स्कुटर प्रवद्र्धनमा सरकारको साथ रहने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता


    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन तथा उत्पादन भइरहेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ रहने बताएका छन् ।

    काठमाडौंको बूढानीलकण्ठस्थित सिप्रदी यात्रीको कारखानामा पुगेर नेपालमै निर्माण गरिएको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’ उत्पादन प्रक्रियाको अवलोकन गर्दै उनले यस्तो बताएका हुन् ।

    अर्थमन्त्री वाग्लेले नेपाली इन्जिनियर तथा डिजाइनरको मेहनतबाट नेपालमै विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माण हुनु ऐतिहासिक उपलब्धि भएको बताए । उनले गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धा गर्न र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न कम्पनीलाई सुझाव दिए ।

    ‘यात्री पीटू नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद कुरा हो । गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल हुनुहोस्, अघि बढ्नुहोस् । सरकार तपाईंहरूको साथमा छ,’ उनले भने ।

    वाग्लेले नेपालमै उत्पादनको दायरा विस्तार गर्न आग्रह गर्दै विश्व बजारमा प्रतिस्पर्धा गर्न आवश्यक रणनीति बनाउनुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय ब्रान्डको उदाहरण दिँदै नेपालमै सम्भव हुने डिजाइन तथा उत्पादनका कामलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

    ‘सरकारले के–के सहयोग गर्नुपर्ने हो भन्नुस् । विश्व बजारमा पुर्‍याउन अरू के गर्न सकिन्छ, त्यसमा पनि सोच्नुहोस्,’ उनले भने ।

    नेपाली उत्पादन विश्व बजारमा स्थापित होस् भन्ने शुभकामना दिँदै अर्थमन्त्री वाग्लेले नेपाली ब्रान्डलाई विदेशमा रहेका नेपालीले समेत रोज्ने वातावरण बनाउनुपर्ने बताए । उनले ‘यात्री पीटू’ जस्ता स्वदेशी उत्पादन अमेरिकी बजारलगायत विश्वका विभिन्न क्षेत्रमा पुग्न सक्ने गरी प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सुन तोलामा ८ हजार ८ सय रुपैयाँले घट्यो, चाँदीको मूल्य…

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ८ हजार

    नेप्से ९.२४ अंकले बढ्यो, २ अर्ब ९० करोडको कारोबार

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज मंगलबार ९.२४ अंकले बढेको छ । नेप्से ९.२४ अंकले बढेर २ हजार

    राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर, डलर १५२ रुपैयाँ…

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको

    सूचना प्रविधिमा लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा कार्यरत युवा उद्यमीहरूलाई निर्धक्क भएर स्वदेशमै लगानी विस्तार गर्न आग्रह गरेका

    नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ :…

    काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नाडा अटो शो व्यापारिक मेला वा सवारी साधनको प्रदर्शनीमा मात्र सीमित नभई नेपालको गतिशीलता,

    इरानी रियाल इतिहासकै कमजोर, एक डलरको मूल्य २० लाख रियाल…

    काठमाडौं ।  अमेरिकाले थप कडा प्रतिबन्ध घोषणा गर्ने तयारी गरिरहेका बेला इरानी मुद्रा रियाल इतिहासकै कमजोर अवस्थामा पुगेको छ। अनौपचारिक

    Techie IT