Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २९ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारनेपालमा पश्चिमी वायूको असर, हिमाली तथा पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना

    नेपालमा पश्चिमी वायूको असर, हिमाली तथा पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना


    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा हाल पश्चिमी वायू, स्थानीय वायू र नेपाल नजिकैको तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव परेको छ।

    विभागका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल छ। बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बादल रहनेछ। तराई भू–भागमा भने आंशिक बादल रहनेछ। यी प्रदेशका केही स्थानमा र अन्य पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याँगसहित मध्यमदेखि उच्च स्तरको वर्षा वा हिमपातको सम्भावना छ।

    राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल रहनेछ। बाँकी पहाडी तथा तराई भू–भागमा आंशिक बादल रहने अपेक्षा गरिएको छ। विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    काठमाडौंमा ग्यास सहज रूपमा बिक्री गर्न प्रशासनको निर्देशन

    काठमाडौं । काठमाडौंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेपछि जिल्ला प्रशासन

    रसुवा बाढी प्रभावित १५ स्थानीय तहका परिवारलाई मासिक १५ हजारसम्म…

    काठमाडौँ ।  रसुवा बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहका प्रभावित

    आज दर खाएर सुरु हुँदैछ हरितालिका तीज

    काठमाडौं । हिन्दू नारीहरूको प्रमुख पर्व हरितालिका (तीज) आज दर खाएसँगै औपचारिक रूपमा सुरु हुँदैछ। भाद्र शुक्ल द्वितीयाका दिन आज

    जलवायु परिवर्तन, हिमतालको जोखिम र उठाउनु पर्ने आवाज

    शोभाखर भण्डारी नेपाल विश्वका ती देशहरूमध्ये एक हो, जसले जलवायु परिवर्तनको समस्या सिर्जना गर्न अत्यन्त न्यून योगदान दिएको छ, तर

    त्रिशूलीमा पुल बगेपछि ह्युम पाइप राखेर अस्थायी आवतजावत सञ्चालन गरिने

    नुवाकोट । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुल बगाएपछि त्रिशूली बजार क्षेत्रमा नदी वारपार गर्न भइरहेको समस्या तत्काल समाधान

    बाढीपछिको खोज तथा उद्धारबारे प्रधानमन्त्री शाह र न्युजील्यान्डका प्रधानमन्त्रीबीच टेलिफोन…

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच भोटेकोशी बाढीपछिको अवस्थाबारे टेलिफोन वार्ता भएको छ। वार्तामा प्रधानमन्त्री शाहले

    Techie IT