Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २५ आईतवार

    अपडेट
    गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा पर्यटक आगमनमा उत्साहजनक वृद्धि, जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए

    नेपालमा पर्यटक आगमनमा उत्साहजनक वृद्धि, जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिए


    काठमाडौं ।  सन् २०२६ को जुन महिनामा नेपालमा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार हवाईमार्गबाट आउने पर्यटक संख्या गत वर्षको सोही अवधिको तुलनामा १९.५ प्रतिशतले वृद्धि भएको हो ।

    गत वर्ष जुन महिनामा ७६ हजार ४२५ विदेशी पर्यटक नेपाल आएका थिए भने कोभिड–१९ महामारीअघि सर्वाधिक पर्यटन गतिविधि भएको सन् २०१९ को जुन महिनामा ७४ हजार ८८३ पर्यटक आगमन भएको थियो । यस आधारमा हेर्दा, यस वर्षको जुनमा पर्यटक आगमन २२.०१ प्रतिशतले बढेको देखिन्छ ।

    जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै दक्षिण एसियाली (सार्क) मुलुकबाट ४८ हजार २५४ जना आएका छन्, जुन कुल आगमनको ५२.८ प्रतिशत हो । भारतबाट मात्रै ४१ हजार ८०९ पर्यटक नेपाल आएका छन् ।

    अन्य एसियाली मुलुकबाट १६ हजार १५२ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १७.६८ प्रतिशत हो । चीनबाट ८ हजार ८७५, जापानबाट २ हजार ४९७, दक्षिण कोरियाबाट १ हजार ७६५ तथा थाइल्यान्डबाट ९८४ पर्यटक नेपाल आएका छन् ।

    युरोपबाट १३ हजार ११९ पर्यटक नेपाल भ्रमणमा आएका छन् । युरोपेली मुलुकमध्ये बेलायतबाट ३ हजार २६६, जर्मनीबाट १ हजार ८९२ र फ्रान्सबाट १ हजार २६७ पर्यटक आएका छन् ।

    अमेरिकी महादेशबाट ६ हजार ९५४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ७.६१ प्रतिशत हो । यस अवधिमा संयुक्त राज्य अमेरिकाबाट ५ हजार २३७, क्यानडाबाट १ हजार २९८ तथा ब्राजिलबाट २१९ पर्यटक आएका छन् ।

    त्यस्तै, ओसियानिया क्षेत्रबाट ३ हजार ९० जना पर्यटक नेपाल आएका छन् । यो संख्या गत वर्षको तुलनामा ५६.३५ प्रतिशत र सन् २०१९ को तुलनामा ५७.१७ प्रतिशतले बढी हो । अष्ट्रेलियाबाट २ हजार ६९४ तथा न्यूजिल्यान्डबाट ३९० पर्यटक नेपाल आएका छन् । अफ्रिकाबाट ६७४ तथा मध्यपूर्वबाट २९२ जना पर्यटक नेपाल आएका छन् ।

    नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोष विक्रम थापाले पछिल्ला महिनाहरूमा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन अभियान तथा प्रमुख स्रोत बजारमा गरिएको प्रचारप्रसारका कारण नेपालप्रति विदेशी पर्यटकको आकर्षण बढिरहेको बताए । उनका अनुसार नेपालको सुरक्षित र आकर्षक गन्तव्यको छविले पनि पर्यटक आगमनमा सकारात्मक प्रभाव पारेको छ ।

    पर्यटन बोर्डले आगामी पर्यटन सिजनलाई लक्षित गर्दै भारत, चीन, अमेरिका, युरोपलगायत प्रमुख स्रोत बजारमा थप प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    पढ्न चाहने बालबालिकाका लागि मेरो सहयोग निरन्तर रहनेछ – मोहन…

    सिन्धुपाल्चोक,गाउँगाउँका सामुदायिक विद्यालयमा शुद्ध पिउने पानीका लागि ‘वाटर डिस्पेन्सर’, सबै विद्यार्थीका लागि एउटै पोसाक र हातहातमा शैक्षिक सामग्री सुन्दा कुनै

    नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित, ९३.८८ प्रतिशत मतसहित खड्गीमाथि…

    काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट गगनकुमार थापा पार्टीको केन्द्रीय सभापति पदमा भारी बहुमतका साथ विजयी भएका छन्।

    नेपाली श्रमिकलाई ठूलो राहत: मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट…

    काठमाडौँ — मलेसियामा कार्यरत नेपाली राष्ट्रियताका श्रमिकहरूका लागि खुसीको खबर छ। मलेसिया सरकारले आगामी वर्ष २०२७ को बजेट सार्वजनिक गर्दै

    नेपालमै फाइभ-जी सेवा सुरु गर्ने सरकारको तयारी, श्रम होइन प्रविधि…

    काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको दूरसञ्चार क्षेत्रमा आमूल परिवर्तन गर्ने लक्ष्यसहित सरकारले यसै वर्ष फाइभ–जी

    दसैँको अग्रिम टिकट बुकिङ आजदेखि खुला: टिकट लिन बिहीबार राति…

    काठमाडौँ — महान् चाड दसैँमा घर जाने यात्रुहरूका लागि सरकारले आज (शुक्रबार) देखि लामो तथा मध्यम दूरीका सवारीसाधनको अग्रिम टिकट

    कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द

    कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार बिहान लेदोसहितको

    Techie IT