Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २५ सोमबार

    अपडेट
    गृहपृष्ठखेलकुदनेपालमा खेलकुदमा लागेर बाँच्न सकिन्छ भन्ने अवस्था अझै सृजना हुन सकेकाे छैन -पूर्वमन्त्री बस्नेत

    नेपालमा खेलकुदमा लागेर बाँच्न सकिन्छ भन्ने अवस्था अझै सृजना हुन सकेकाे छैन -पूर्वमन्त्री बस्नेत


    सिन्धुपाल्चोक/ ११ कातिक, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री माेहनबहादुर बस्नेतले नेपालमा खेलकुदमा लागेर बाँच्न सकिन्छ भन्ने अवस्था अझै सृजना हुन सकेकाे छैन भन्दै यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो

    सिन्धुपाल्चोक जिल्लाकाे लोकप्रिय नकआउट फुटबल प्रतियोगिताको चौथो संस्करणको समापन समारोहमा मन्तव्य राख्नुहुँदै उहाँले खेलकुदमा लागेका कारण कलिला बालबालिकाहरु कुतलमा फस्नबाट बच्ने भन्दै राष्ट्रका दागि भविष्यका प्रतिभावान खेलाडी बन्न सक्ने बताउनुभएको हाे।
    “नेपालमा खेलकुदमा लागेर बाँच्न सकिन्छ, परिवार पाल्न सकिन्छ, छाेराछाेरी पढाउन सकिन्छ भन्ने अवस्था सृजना नभएसम्म नेपालमा खेलकुदका बिकास हुन सक्दैन ।” उहाँले भन्नुभयो ।

    उहाँले खेलाडीहरुमा उमेर, जाेश जाँगर हुँदा मात्रै हैन, मेरा बृद्धअबश्था पनि सजिलैसँग चल्छ भन्ने विश्वास जाग्ने अवस्था आएमा मात्रै खेलाडीहरुले ढुक्कसँग खेल्न सक्ने र राष्ट्रले खेलकुदकाे विकासमा फड्को मार्नसक्ने बताउनुभयो । राज्यले खेलकुद क्षेत्रमा प्राथमिकता दिएर धेरै काम गर्न बाँकी रहेकाे भन्दै उहाँले हिजाेकाे अवस्था भन्दा अहिले खेलकुदले धेरै फड्को मारेकोभए पनि पर्याप्त हुन नसकेको बताउनुभयो ।
    उहाँले बिजेता खेलाडीलाई बधाई दिँदै प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई आगामी दिनमा सफलता हासिल गर्न सक्ने क्षमता मिलाेस् भन्ने शुभकामना व्यक्त गर्नुभयाे।

    नकआउट फुटबल प्रतियोगिताको चौथो संस्करणको मालिकादेवी कप धार्पा युवा क्लव बाह्रविसेले जितेको छ ।

    चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित दरबारडाँडा मैदानमा सुनकोसी गाउँपालिका वडा नं. ३ विरुद्ध ०–३ गोलको सहज जित निकाल्दै धार्पाले उपाधि उचालेको हो ।


    पहिलो हाफमा १–० को अग्रता लिएको धार्पाले दोस्रो हापमा दुई गोल थप्दै सहज जितका साथ उपाधि पक्का गर्यो । खेलको म्यान अफ द म्याच भने सुनकोसीका गोलरक्षक आदेश सिवाकोटीले हात पर्नुभयाे । उहाँले नगद १ हजार रुपैयाँ र ट्रफी पुरस्कार पाउनुभयाे।

    बिजेता धार्पाले उपाधि मालिकादेवी कपसहित नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पायो । उपबिजेता सुनकोसीले ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कार हात पार्यो ।

    प्रतियोगिताको व्यक्तिगत पुरस्कारमा धार्पाकै बर्चश्व रह्यो । धार्पाका सागर तामाङ प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिनुभयाे । धार्पाकै सुशन श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र सागर लामाले उत्कृष्ट प्रशिक्षकको उपाधि जित्नुभयाे। सर्वाधिक गोलकर्तासहित चौतारा स्पोर्टिङका सन्दीप कार्की उत्कृष्ट स्टाइकर चुनिनुभयाे  ।

    सुनकोसीका आदेश सिवाकोटी उत्कृष्ट गोलरक्षक र मृगानकिरण सिंहले उत्कृष्ट डिफेन्डरको ट्रफी पाउनुभयाे। उनीहरुले जनही ३ हजार रुपैयाँ र ट्रफी पुरस्कार पाउनुभयाे ।

    सेमिफाइनलसम्मको यात्रा गरेको झापाको राई एफसीले फेयर प्लेयरको उपाधि जित्यो । उसले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।

    प्रतियोगिताका विजेता टोली तथा खेलाडीहरुलाई पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य मोहनबहादुर बस्नेत, चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापा लगायतले ट्रफी, मेडल तथा नगद पुरस्कार बितरण गर्नुभएको थियो ।

    मेलचौर युवा जागरण समाजको आयोजनामा सातासम्म चलेको सेभेन ए साइड फुटबल प्रतियोगितामा विभिन्न २१ टोलीले प्रतिस्पर्धा गरेका थिए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सीमा विवाद कूटनीतिक संवादबाट समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेका सीमा तथा सीमांकनसम्बन्धी बाँकी विवादहरू कूटनीतिक संवाद र स्थापित द्विपक्षीय संयन्त्रमार्फत

    छानबिनबाट सफाइ पाउनेमा विश्वस्त छु : सुदन गुरुङ

    काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङ ले आफूले छानबिनबाट सफाइ पाउने विश्वास व्यक्त गरेका छन्।

    भारतले बंगलादेशलाई ३–१ ले हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि जित्यो

    काठमाडौँ । भारतले बंगलादेशलाई ३–१ गोलले पराजित गर्दै साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। यो भारतको महिला फुटबलमा छैटौँ उपाधि

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: पहाडी क्षेत्रमा वर्षा र चट्याङको…

    काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली,

    एसीसी महिला प्रिमियर कपः हङकङसँग ६९ रनले पराजित नेपाल उपविजेताका…

    काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप अन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग ६९ रनले पराजित भएको छ।

    विश्व वातावरण दिवसको अवसरमा भरतपुर १८ मा सरसफाइ तथा वृक्षारोपण

    चितवन/ २३ जेठ, विश्व वातावरण दिवस २०८३ को अवसरमा चितवनको भरतपुर महानगरपालिका वडा नं. १८ स्थित परमानन्द स्मृति वैदिक विद्या

    Techie IT