नेपालभाषा चिबाखं साहित्यको ख्वाःपौ (मुखपत्र) विमोचन
ललितपूर । नेपालभाषा चिबाखं साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले ख्वाःपौ विमोचन तथा लघुकथा वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार पाटन संग्रहालयको केशव नारायण चोक आयोजित एक कार्यक्रममा नरेश अमात्य, धुर्व मधिकर्मी, केदार सितु, बिमल ताम्राकार, सुरेन्द्रलाल भुजु, रिता महर्जन, दिव्या बज्राचार्य लगायतले उक्त ख्वाःपौ विमोचन गरे ।
सोही कार्यक्रममा नेपालभाषा चिबाखं साहित्यमा आउनु भएका व्यक्तित्व शान्तराज शाक्य तुल्सी साय्मि, नरेश महर्जन,पुष्पराज कर्णिकार, पूर्ण ताम्राकार,सुधीर ख्वबि, दीपक ख्वपलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा नेपालभाषा चिबाखं साहित्यका संयोजक नरेश अमात्यले स्वागत मन्तव्य व्यक्त गरे ।विष्णु केशरी ताम्राकार, तेज हमाल, रामेश श्रेष्ठ,कविन्द्रलाल प्रधान, मचाकाजी महर्जन, हरि गोविन्द भोमी लगायतले लघुकथा वाचन गरे । नेपाल भाषा चिबाखं साहित्य बारे डा.पुष्पराज राजकर्णिकार, पूर्णकाजी ताम्राकारले आ-आफ्नो विचार व्यक्त गरेको उक्त कार्यक्रममा धुर्व मधिकर्मीको समालोचनात्मक टिप्पणी राखे ।
७७ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा नेपालभाषा चिबाखं साहित्यका संयोजक नरेश अमात्यले स्वागत मन्तव्य व्यक्त गरे ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ विश्वकपको सबैभन्दा सुन्दर कथा : केप भर्डे
- २ कर्णाली बस दुर्घटनामा उद्धार ढिलो भएको भन्दै सांसद ज्ञानेन्द्र शाहीको सरकारमाथि तीव्र आलोचना
- ३ रास्वपाको नयाँ विधान : कार्यकारी र अनुशासन संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व अनिवार्य
- ४ उखु किसानको ९२ प्रतिशत भुक्तानी सम्पन्न, अनुदान रकम असार २५ भित्र खातामा आउने
- ५ प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न विधेयक र अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफल हुने
- ६ संविधानका आधारभूत विषय चलाए देश दुर्घटनामा पर्न सक्छ : हर्क साम्पाङ
- ७ प्रधानमन्त्री बालेन्द्र शाहको निजी क्षेत्रसँग छलफल

तपाईको प्रतिक्रिया दिनुहोस