नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत निर्यातको सहमती
काठमाडौं । नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ । अहिले भने ४० मेगावाट निर्यात भइरहेको छ । यस अतिरिक्त थप २० मेगावाट निर्यात सहमति भएको हो । विहीबार सम्पन्न बैठकले सुनकोशी–३ जलविद्युत आयोजनामा लगानी प्रक्रिया अगाडि बढाउन बंगलादेशले विशेषज्ञ समिति गठन गरी मूल्याङ्कन तीव्रता गर्ने तथा संयुक्त उपक्रम शीघ्र टुंग्याउने निर्णय भएको छ ।
बैठकको सहअध्यक्षता नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव श्री चरणजीवी चटौत तथा बंगलादेश सरकारको विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयकी सचिव फरहानाज ममतले संयुक्त रूपमा गरेका थिए । यसअघि मंसिर १० गते बसेको बैठकमा उठाइएका प्रस्तावहरूमा यो बैठकले विस्तृत छलफल गरेको हो । बैठकको सहअध्यक्षता नेपालका सहसचिव सन्दीप कुमार देव तथा बंगलादेशका अतिरिक्त सचिव के.एम. असल रेङाले गरेका थिए ।
बैठकमा दुई देशबीच दीर्घकालीन ऊर्जा सहकार्य, विद्युत व्यापार, जलविद्युत आयोजनामा लगानी, अन्तरदेशीय प्रसारण लाइनका संरचना विकास लगायतका विषयमा व्यापक छलफल हुँदै देहायका महत्त्वपूर्ण सहमति भएका छन् । नेपाल र बंगलादेशबीच क्षमता अभिवृद्धि कार्यक्रम सुरु गर्ने सहमति भएको छ । बंगलादेशी पक्षका लागि पहिलो चरणको क्षमता अभिवृद्धि कार्यक्रम काठमाडौंमा तथा त्यसपछि नेपाली पक्षका लागि क्षमता अभिवृद्धि कार्यक्रम बंगलादेशमा सञ्चालन गर्ने सहमति भएको छ । नेपाल, भारत र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा भारतको सहमति लिन दुवै देशले संयुक्त पहल गर्ने निर्णय समेत भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ खोलाको मापदण्ड पालना नगरी निजी जग्गामा सडक निर्माण गरिएको भन्दै अख्तियारमा उजुरी
- २ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ३ सामाजिक सद्भाव जोगाऔँ, विभाजनको राजनीति असफल बनाऔँ
- ४ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- ५ ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका आरोहीप्रति नेपाल सरकारको श्रद्धाञ्जली, शव स्वदेश ल्याउन समन्वय तीव्र
- ६ संयुक्त हिन्दू मोर्चाका थप ६ मागमा गृहमन्त्री गुरुङ सकारात्मक, कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता
- ७ करदातालाई आकर्षित गर्न उपहार योजना, रु. १०० माथिको बिल दर्ता गर्न आग्रह

तपाईको प्रतिक्रिया दिनुहोस