Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २४ बुधबार

    अपडेट
    गृहपृष्ठखेलकुदनेपालद्धारा पहिलो श्रृँखलामा वेस्ट इन्डिजसंग जीत दर्ता

    नेपालद्धारा पहिलो श्रृँखलामा वेस्ट इन्डिजसंग जीत दर्ता


    काठमाडौं। शनिबार राति युएईको शारजाहमा भएको तीन खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको थियो।यो जितमा एक विकेट र ३८ रन बनाएका रोहित प्लेयर अफ दि म्याच बनेका थिए।नेपाली क्रिकेट टोलीले हालसम्म आईसीसीको फूल मेम्बर (पूर्ण सदस्य)अर्थात् टेस्ट, ओडिआई र टी-२०आई सबै मान्यता प्राप्त गरेका टोलीसँग धेरै खेल्ने मौका पाएको छैन । त्यसमाथि पनि द्विपक्षीय शृंखला त यो पहिलो नै हो ।नेपालले भारत, अफगानिस्तान, बंगलादेशजस्ता टोलीसँग कुनै मुख्य प्रतियोगिताहरूमा मात्र खेल्ने अवसर पाएको छ । हालसम्म फूल मेम्बरलाई हराउन भने सकेको थिएन ।

    हाल फूल मेम्बर भइसकेको अफगानिस्तानलाई नेपालले सन् २०१४ को टी-२० विश्वकपमा हराएको भएपनि त्यसबेला अफगानिस्तान पूर्ण सदस्य राष्ट्र अर्थात् फूल मेम्बर भइसकेको थिएन र एसोसियट नै थियो ।नेपालले यसअघि पूर्ण सदस्य राष्ट्रसँग आठ टी–२० अन्तर्राष्ट्रिय खेलेको थियो । २०१४ मा अफगानिस्तान र २०१५ मा आयरल्यान्डविरुद्धका खेलहरू भने त्यतिबेला दुवै एसोसिएट राष्ट्र भएकाले गणना गरिएको छैन।

    नेपालले जिम्बाब्वे, बंगलादेश र आयरल्यान्डसँग दुई–दुई पटक खेलेको छ भने भारत र दक्षिण अफ्रिकासँग एक–एक पटक खेलेको छ। यी आठै खेलमा नेपाल पराजित भएको थियो। आज वेस्ट इन्डिजसँगको ऐतिहासिक खेलमा नै नेपालले ऐतिहासिक जित निकाल्न सफल भयो ।नेपालले २० ओभरमा १४८ रन बनायो ।यो जीतसँगै टेष्ट राष्ट्रसँगको पहिलो जीत नेपालले दर्ता गराएको छ । रोहित पौडेलले प्लेयर अफ दी म्याच अवार्ड नेपालमा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएका सहिदप्रति समर्पित गरेका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    एनपीएलको इलिमिनेटरमा आज भिड्दै काठमाण्डू र लुम्बिनी

    काठमाडौं।नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको इलिमिनेटरमा आज काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदै छ ।एनपीएलको इतिहासमा यी दुवै

    विराटनगर विरुद्ध ओपनर विनोदको अर्धशतकमा सुदुर पश्चिमद्धारा १५६ को लक्ष्य…

    काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट

    एनपीएलको पहिलो क्वालिफायर आज : सुदूरपश्चिम र विराटनगर आमने सामने…

    काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो क्वालिफायरमा आज  साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई विराटनगर किंग्सले चुनौती प्रस्तुत गर्दै छ

    कर्णालीले जनकपुरलाई ३ रनले हरायो

    काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको अन्तिम खेल ‘लो स्कोरिङ’ थ्रिलर बन्दा कर्णाली याक्सले डिफेण्डिङ च्याम्पियन जनकपुरमाथि ३ रनको

    आज लिग चरणको अन्तिम खेलमा जनकपुर र कर्णाली भिड्दैछन्

    काठमाडौं।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ।अपराह्न

    एनपीएलको प्लेअफमा पुगे यी चार टिम, चार बाहिरिए

    काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत प्लेअफमा पुग्ने चार टिमको टुंगो लागेको छ ।शुक्रबार भएको खेलमा लुम्बिनी लायन्सले

    Techie IT