आयन क्षेत्री , काठमाडौँ । हरेक परिवर्तनसँगै नेपालको प्राचिन ऐतिहासिक सम्पदा तथा मूल्य मान्यतामाथि आक्रमण हुने गरेको छ । माओवादीको विद्रोह होस् चाहे नेकपा सरकार होस चाहे बालेनको सरकार, ऐतिहासिक महत्व र सम्पदा तथा परम्परालाई धुजाधुजा बनाउने खेल भइरहेकै छ ।
एकादेशमा नेपाल भन्ने देश थियो रे ! त्यहाँ गणतन्त्र पनि थियो रे ! गणतन्त्र देखि दिक्क लागेर परिवर्तन गर्ने भन्दै आन्दोलन गरेर नेता तथा ब्यवसायीको घरहरु जलाएर, प्रहरीलाई दिउँसै कुटीकुटी मारेर देश ध्वस्त पारेर चुनाब गराएछन् भन्ने पाठ आगामी पुस्ताले पक्कै पढ्लान । परिवर्तनको नाममा र भ्रष्ट्रचार रोक्ने भन्दै केही नयाँ पार्टीले चलाएको एल्गोरिदमबाट राष्ट्रिय स्वतन्त्र पार्टी अर्थात घण्टीमा सबैले भोट दिएर दुई तिहाई नजिक मत दिए । त्यसपछि युवाले देश हाक्ने र परिवर्तन ल्याउने भन्दै ३६ बर्षे बालेन्द्र शाह अर्थात केही ब्यक्ति र दलको भाषामा लुशिफर प्रधानमन्त्री भएछ । तर देशमा लोकतन्त्र संस्थागत हुनुको सट्टा झन् तानाशाही र अराजकता मौलाएर देश नै खतराको डिलमा पुग्न लागेछ भन्ने पाठ पढ्न नपरोस् भन्ने कामना छ ।
युवा अर्थात ३६ बर्षे प्रधानमन्त्री बालेनको आँखा सुकुम्वासी वस्तीमा पुग्छ, हुकुमवासी भन्दै सुकुम्वासी समेतका घर टहरा भत्काएपछि केही ब्यक्ति आत्महत्या गर्न बाध्य भएछन् । त्यो ज्यादती सहन नसकेर जनताहरु बौलाउदै कोहि रुखमा, कोहि कोठामा, कोही आफ्नो हात आफै काटने गरेभने प्रहरीको सट्टा हातहतियार लिएर सैनिकहरु आएर वस्तीमा नै पसेर धम्काए । अझ एकातिर सर्वसाधरणलाई लाठी देखि गोली हान्ने अर्कोतिर प्रहरीले केही ब्यापारी र नेतालाई अपराधिक झै ब्यवहार गरेर थुन्ने गरे । जसलाई सुशासन र परिवर्तनको नाम दिइयो तर वास्तवमा त्यो शासकको दम्भ र प्रतिशोध थियो ।
अझ विद्यार्थीहरु दिउँसै गाजाँ र भाङमा लठ्ठ पर्ने, पुलिसहरुले आंतक फैलाउने, साधुको भेषमा दिनदहाडै मानिसको मासु समेत खाने, पूर्व प्रधानमन्त्रीहरुदेखि बिशिष्ट व्यक्तिहरु जेलमा झोक्रयाइरहने भएछन् । । सरकार अतिक्रमणको नाममा मन्दिरहरु, गुम्बाहरु र मस्जिदहरु देखि गरिबका बस्तीहरुमा डोजर चलाइरहने गरेछ ।
सरकारमा भएका मन्त्रीहरु तथा उनका आसेपासेहरु सुन थुपार्ने, तस्कर र अपराधीहरूसँग साँठगाँठ गरि देश लुट्ने, न्यायाधीशहरु न्याय सम्पादन गर्नुभन्दा सरकारको मर्जी र आदेश कुसेर निर्णय गर्नेदेखि डरले कापिरहने भएछन् ।
यस्तो अवस्थामा देखेर छिमेकी देशहरूमा ठुलै हल्लिखल्ली मचिएछ । बुद्ध भगवान जन्मेको देश, वीर गोर्खालीको देश नेपालमा नेपालीहरुको यस्तो दयनीय अवस्था देखेर चिन्तिन भएछन् । यस्तो समस्या भोलि आफ्नो देशमा पनि पर्न सक्ने भन्दै दुवै देश चीन र भारतले मानबिय सहयोग गर्ने अठोट गरेछन । आफ्नो सिमानामा पर्रै तराईको भुभागमा पर्ने जनताको उपचार भारतले गर्ने र पहाड र हिमालमा बस्ने जनताको उपचार चीनले गर्ने गरी सहमत भई भुगोलको पनि बाँडफाँड गरेछन । त्यसपछि नेपाल भन्ने देश समाप्त हुन्छ भन्ने इतिहास बन्ला भन्ने डर लागेको छ ।भगवान पशुपति नाथ यस्तो अवस्था कहिल्यै नआयोस् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ विश्वकपको सबैभन्दा सुन्दर कथा : केप भर्डे
- २ कर्णाली बस दुर्घटनामा उद्धार ढिलो भएको भन्दै सांसद ज्ञानेन्द्र शाहीको सरकारमाथि तीव्र आलोचना
- ३ रास्वपाको नयाँ विधान : कार्यकारी र अनुशासन संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व अनिवार्य
- ४ उखु किसानको ९२ प्रतिशत भुक्तानी सम्पन्न, अनुदान रकम असार २५ भित्र खातामा आउने
- ५ प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न विधेयक र अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफल हुने
- ६ संविधानका आधारभूत विषय चलाए देश दुर्घटनामा पर्न सक्छ : हर्क साम्पाङ
- ७ प्रधानमन्त्री बालेन्द्र शाहको निजी क्षेत्रसँग छलफल

तपाईको प्रतिक्रिया दिनुहोस