Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १ शुक्रबार

    अपडेट
    गृहपृष्ठखेलकुदनेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित

    नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित


    काठमाडौं।आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल २ रनले पराजित भएको हो ।१४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो ।नेपाललाई २४ बलमा ४८ रन आवश्यक हुँदा सीता र रुबिना मिलेर खेललाई अन्तिम ओभरसम्म पुर्‍याएका थिए । रुबिनाले अविजित ३७ रन, सीता रानामगरले अविजित २७ रन बनाइन् । बिन्दु रावलले १८ रन बनाइन् ।

    नेदरल्यान्ड्सका लागि इसाबेल भान डर वोनिङले ३ विकेट लिइन् । सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले १(१ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाउँदै नेपाललाई १४१ रनको लक्ष्य दिएको थियो।

    नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् । स्टेर कालिसले ३० रन बनाइन् । रोबिन रिके १९ तथा आइरिस ज्विलिङ १४ रनमा अविजित रहे । नेपालका लागि रुबिना क्षेत्रीले २ विकेट लिइन् भने रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १-१ विकेट लिए ।नेपाल यसअघि पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    अन्तिम पाँच मिनेटमा अर्जेन्टिनाको शानदार पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

    काठमाडौं । अर्जेन्टिनाले खेलको अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गरेको छ। रोमाञ्चक जितसँगै अर्जेन्टिनाले विश्वकप

    जापानमाथि ९ विकेटको शानदार जित, नेपाल एसीसी यू–१९ महिला प्रिमियर…

    काठमाडौं। नेपाल जारी एसीसी यू–१९ महिला प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार मलेसियामा सम्पन्न क्वाटरफाइनल खेलमा नेपालले जापानलाई ९

    एसीसी यू–१९ महिला प्रिमियर कपको क्वार्टरफाइनलमा नेपाल र जापान भिड्ने

    काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कपको क्वार्टरफाइनलमा नेपालले जापानसँग प्रतिस्पर्धा गर्ने भएको छ। समूह ‘डी’ मा लगातार तीनै खेल

    इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान सम्पन्न क्वाटरफाइनल खेलमा इङ्ल्यान्डले नर्वेलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको

    एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कप अन्तर्गत नेपालले आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियास्थित युकेएम ओभलमा हुने खेल नेपाली समयअनुसार

    स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत क्वाटरफाइनलमा स्पेनले बेल्जियमलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। रोमाञ्चक प्रतिस्पर्धात्मक

    Techie IT