Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २३ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचारनेतातन्त्रको अभ्यास गरेकाहरुले लोकतन्त्र दिवस मनाउन लागेको सुन्दा आश्चर्य लागेको छ : प्रभु साह

    नेतातन्त्रको अभ्यास गरेकाहरुले लोकतन्त्र दिवस मनाउन लागेको सुन्दा आश्चर्य लागेको छ : प्रभु साह


    काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले लोकतन्त्रलाई षड्यन्त्रपूर्ण ढंगले दलतन्त्रमा परीणत गरेर नेतातन्त्रको अभ्यास गरिरहेका पार्टीले नै लोकतन्त्र दिवस मनाउन लागेको देख्दा आश्चर्य लागेको टिप्पणी गरेका छन् ।

    आजपा अध्यक्ष साहले नेकपा (एमाले)ले बिहीबार बैशाख ११ गते आयोजना गर्ने ‘युथ सेलिब्रेसन’ कार्यक्रमलक्षित यस्तो टिप्पणी गरेका हुन् । उनले एमालेको प्रदर्शनलाई ‘लाशमाथि हत्याराको उत्सव’ को संज्ञा दिएका छन् ।

    ‘नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्रलाई षड्यन्त्रपूर्ण ढंगले दलतन्त्रमा परीणत गरि नेतातन्त्रको अभ्यास गरिरहेका पार्टीहरूले लोकतन्त्र दिवस मनाउने कुरा गरेको सुन्दा आश्चर्य लागेको छ । यसैलाई भन्छ–‘लाशमाथि हत्याराको उत्सव’ । आज १० वर्षको अभ्यासले ‘नेपालमा लोकतन्त्र छ कि दलतन्त्र ?’ भन्ने विषय घामझैं छर्लङ् भईसक्दापनि निर्लज्जहरूले आफनो लुटतन्त्रलाई लोकतन्त्रको हौवा पिटिरहँदा लाजपनि लज्जित भएको छ,’ आजपा अध्यक्ष साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

    एमालेको युवा प्रदर्शनको अघिल्लो दिन पूर्वमन्त्री साहले फेशुबकमा आफ्नो धारणा सार्वजनिक गर्दै १० वर्षको अभ्यासले नेपालमा लोकतन्त्र नभएर लुटतन्त्र भएको कुरा पुष्टि भैसकेको दाबी गरेका हुन् । नेताहरूले आफ्नो लुटतन्त्रलाई लोकतन्त्रको हौवा पिटिरहँदा लाजपनि लज्जित भएको साहको भनाई छ । उनले गद्दार नेताहरूलाई दण्डित नगरी लोकतन्त्रको रक्षा र विकास असम्भव भएको टिप्पणी गरेका छन् ।

    आजपा अध्यक्ष साहले फेसबुकमा लेखेका छन्, :

    लोकतन्त्र जिन्दावाद दलतन्त्र मुर्दावाद
    नेपाली जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्रलाई षड्यन्त्रपूर्ण ढंगले दलतन्त्रमा परीणत गरि नेतातन्त्रको अभ्यास गरिरहेका पार्टीहरूले लोकतन्त्र दिवस मनाउने कुरा गरेको सुन्दा आश्चर्य लागेको छ । यसैलाई भन्छ–‘लाशमाथि हत्याराको उत्सव’ । आज १० वर्षको अभ्यासले ‘नेपालमा लोकतन्त्र छ कि दलतन्त्र ?’ भन्ने विषय घामझैं छर्लङ् भईसक्दापनि निर्लज्जहरूले आफनो लुटतन्त्रलाई लोकतन्त्रको हौवा पिटिरहँदा लाजपनि लज्जित भएको छ । रातलाई दिन भनेर भ्रमको राजनीति गर्दै आएका यी गद्दार नेताहरूलाई दण्डित नगरी लोकतन्त्रको रक्षा र विकास सम्भव छैन । यसर्थ वास्तविक लोकतन्त्रका लागि गद्दार नेताहरूको लुटतन्त्रबिरुद्ध निर्णायक संघर्ष अगाडि बढाउन जरूरी छ । आउनुहोस लोकतन्त्र दिवसको अवसरमा तपाईं÷हामी सम्पूर्ण नेपालीहरूले संकल्प गरौं–गद्दार नेता र दलाल दलतन्त्रविरुद्धको संघर्षमा सहभागी बनौं । आम जनताको शासन स्थापना गरौं । सन्दर्भः एमालेको लोकतन्त्र दिवस !!




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कस्तो रहला आजको मौसम ?

    काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशभरको मौसम आज मुख्यतया सफा हुनेछ ।जल तथा मौसम विज्ञान

    वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन –…

    काठमाण्डौ मंसिर २२,सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

    प्रभु बैंकका शेरचनलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनामाथि थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको

    गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश

    काठमाडौं।सर्वोच्च अदालतले १९ वर्षअघि भएको गौरहत्याकाण्डको बारेमा छानबिन गर्न परमादेश जारी गरेको छ।जिल्ला प्रहरी कार्यालय रौतहटमा परेको किटानी जाहेरका आधारमा

    जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन

    काठमाडौं। २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा

    निर्वाचन आयोगद्धारा दललाई निर्वाचन चिन्ह प्रदान, पहिलो नम्बरमा सूर्य, दोस्रोमा…

    काठमाडौं।निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा निर्वाचनमा भाग लिने दलहरुलाई ती दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ ।१ सय २० वटा राजनीतिक

    Techie IT