नेतन्याहुद्वारा ट्रम्पको गाजा शान्ति योजना अस्वीकार, ‘हमास निःशस्त्र नभएसम्म सेना फिर्ता हुँदैन’
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजासम्बन्धी १५ बुँदे शान्ति योजनाप्रति असहमति जनाएका छन्। उनले हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पारेका छन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा नेतन्याहुले ट्रम्पको १५ बुँदे प्रस्तावका केही विषय इजरायललाई स्वीकार्य नभएको बताएका हुन्। उनले हमासको वास्तविक निःशस्त्रीकरण सुनिश्चित नभएसम्म इजरायली सेना गाजामै रहने र आफ्ना सैनिक तथा नागरिकमाथिको खतरा रोक्न आवश्यक कारबाही जारी राख्ने बताएका छन्।
गत महिना ट्रम्पको नेतृत्वमा रहेको शान्ति संयन्त्रले गाजामा हमाससहित अन्य सशस्त्र समूहलाई पूर्ण रूपमा निःशस्त्र बनाउने विषयमा सहमति भएको जनाएको थियो। ट्रम्पले उक्त सहमतिलाई गाजामा दीर्घकालीन शान्ति र सुरक्षा कायम गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका थिए।
तर हमासले भने इजरायलले गाजामा सैन्य कारबाही पूर्ण रूपमा रोक्नुपर्ने र आफ्ना सेना फिर्ता लैजानुपर्ने सर्त अघि सारेको छ। त्यसपछि मात्र भारी हतियार हस्तान्तरणबारे छलफल गर्न सकिने उसको भनाइ छ।
नेतन्याहुले हमासको निःशस्त्रीकरण कागजमा मात्रै सीमित वा देखावटी हुन नहुने बताएका छन्। अमेरिकी अधिकारीहरूसँग योजनाका विषयमा छलफल भइरहेको जानकारी दिँदै उनले केही प्रस्ताव स्वीकार्य भए पनि केही विषयमा इजरायल सहमत हुन नसक्ने स्पष्ट पारे।
यसैबीच, इजरायलमा आगामी निर्वाचन नजिकिँदै गर्दा नेतन्याहुमाथि आफ्नै दक्षिणपन्थी सहयोगीबाट समेत दबाब बढेको छ। राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गभिरले ट्रम्पको प्रस्ताव अस्वीकार्य भएको भन्दै मन्त्रिपरिषद्मा मतदानमार्फत गाजा शान्ति योजना रोक्न माग गरेका छन्।
ट्रम्पले गत वर्ष सेप्टेम्बरमा सार्वजनिक गरेको योजनामा शान्ति सम्झौताको कार्यान्वयनको निगरानीका लागि ‘शान्ति परिषद्’ गठन, हमासको निःशस्त्रीकरण, इजरायली सेनाको फिर्ती र गाजाको पुनर्निर्माणलगायत विषय समेटिएका थिए।
तर नेतन्याहुको पछिल्लो अडान र इजरायलभित्रैबाट बढिरहेको विरोधले ट्रम्पको गाजा शान्ति योजनाको कार्यान्वयनमा थप चुनौती देखिएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ हिमतालको बढ्दो जोखिम : पूर्वतयारीको आवश्यकता
- २ रसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ
- ३ भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८
- ४ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- ५ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- ६ नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ : उपराष्ट्रपति यादव
- ७ नयाँ ढंगले जान सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छुः प्रधानमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस