Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारनुवाकोटमा बाढीको वितण्डा: त्रिशूली बजारका ६० घर र दुई पुल बगाए

    नुवाकोटमा बाढीको वितण्डा: त्रिशूली बजारका ६० घर र दुई पुल बगाए


    नुवाकोट — रसुवाबाट आएको भीषण बाढीले नुवाकोटको त्रिशूली बजार र देवीघाट क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको छ। बाढीले त्रिशूली बजार आसपासका करिब ६० घर तथा नदीमा रहेका दुईवटा पक्की पुल बगाएको छ।

    बाढीको पूर्वसूचना समयमै प्राप्त भएपछि त्रिशूली नदी आसपासका स्थानीय बासिन्दा सुरक्षित स्थानमा सर्न सफल भएका थिए। त्यसका कारण हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिएका छन्।

    बाढीका कारण भौतिक संरचनामा भने व्यापक क्षति पुगेको छ। त्रिशूली र देवीघाट जलविद्युत् आयोजनामा समेत बाढीले ठूलो क्षति पुर्‍याएको छ।

    यसैगरी, २५ मेगावाट क्षमताको सौर्य विद्युत् प्लान्टका तीनवटा ब्लकसहित सबस्टेसनसमेत बाढीले बगाएको जनाइएको छ। बाढीका कारण ऊर्जा उत्पादन तथा आपूर्ति संरचनामा ठूलो असर परेको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कृष्णभीर सडक अवरुद्ध भएपछि बाइरोडबाट इन्धन र ग्यास आपूर्ति निरन्तर

    काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) हुँदै काठमाडौं उपत्यका तथा आसपासका

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    Techie IT