निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्चमा रिट
काठमाडौं । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आइतबार रिट दर्ता गर्दै सर्वोच्चले ३० वैशाखलाई पेसी तोकेको छ ।अधिवक्ता नवीन धितालले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतले आइतबार दर्ता गरेको हो ।
गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले चैत ११ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति बनाएको थियो । उक्त सिफारिस समितिको बैठक एक महिनासम्म पनि बस्न नसकेको भन्दै पूर्वगभर्नरको तर्फबाट सदस्य बनेका विजयनाथ भट्टराईले राजीनामा दिएका थिए ।
नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिमा अधिकारीलाई गैरकानुनी रूपमा राखिएको भन्दै रिट परेको हो । प्रस्तुत मुद्दाको टुङ्गो नलागेसम्म मापदण्ड लागु नगर्न तथा नगराउन, गभर्नर सिफारिस नगर्न तथा नगराउन र गभर्नरको नियुक्ति भएको भए निजबाट काम नगर्न तथा नगराउन अन्तरिम आदेश माग गरिएको छ ।
सर्वोच्च अदालतले वैशाख ३० गते पेसी तारेखमा उपस्थित हुन गोरखा, अजिरकोट–२ घर भई हाल काठमाडौँ, तारकेश्वर–४ बस्ने रिट निवेदक धिताललाई भनेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ कस्तो थियो २०७९ को निर्वाचनमा समानुपातिक तर्फ दलहरुले पाएको मत ?
- २ आजदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै
- ३ १२ कक्षाको परीक्षाको मिति तय
- ४ आजपा बारा–१ का उम्मेदवार विजय यादवको चुनाबी प्रतिबद्धता पत्र सार्वजनिक
- ५ मधानी महायज्ञ आजदेखी सुरु : भगवान शिवपार्वतीको बरात यात्रा सम्पन्न
- ६ रुपन्देहीमा आजपा उम्मेदवारको घरदैलो कार्यक्रम तिब्र, मोबाइलमा मतदान गर्न अपिल
- ७ टी- २० विश्वकपमा आज नेपालले इटलीसँग खेल्दै

तपाईको प्रतिक्रिया दिनुहोस