Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २२ बिहीबार

    अपडेट
    गृहपृष्ठ ∕ समाचार ∕ निर्वाचन सत्य र असत्यको लडाई भएकाले आम मतदाताले रियललाई मतदान गरौं : प्रभु साह

    निर्वाचन सत्य र असत्यको लडाई भएकाले आम मतदाताले रियललाई मतदान गरौं : प्रभु साह


    कलैया, २० माघ आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन फेक र रियलबीचको लडाई भएकाले जनताले फेकुहरुलाई हराउनैपर्ने बताएका छन् ।

    बाराको बारागढी गाउँपालिकाको खोपवा बजारमा आज निर्वाचन परिचलान कमिटीको विशेष प्रशिक्षक कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले फेक र झुठा कुरा गर्ने नेतालाई जनताले आम निर्वाचनमा बहिष्कार गर्नुपर्ने बताए ।

    ‘अहिलेको चुनाव फेक र रियलको लडाईं हो, जनताले फेकुहरुलाई हराउनैपर्छ । अहिले फेक नेता र तीनका फेक एजेण्डाको चर्चा गरिँदैछ, यो देशको लागि सर्वाधिक घातक कुरा हो । सोसल मिडियामा स्टन्ट गर्ने, फेक आईडीबाट झुठो प्रचार गर्नेहरुको दबदबा छ, यसलाई चिर्नुपर्छ,’ आजपा अध्यक्ष साहले भने ।

    फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सत्य र असत्यको लडाई भएकाले आम मतदाताले रियललाई मतदान गरेर बिजयी बनाउने र फेकुहरुलाई बहिष्कार गर्नुपर्ने उनले बताए ।

    रास्वपा नेता समेत रहेका काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहलाई लक्षित गर्दै साहले भने, ‘देशकै ठूलो र धनी महानगरको नेतृत्व गर्दापनि विकासको मोडेल दिन नसक्ने बालेनजीले अहिले प्रधानमन्त्री बन्ने सपना देखेर नक्कली कुरा गर्दैछन् । यस्ता नक्कलीहरुलाई आम जनताले निर्वाचनबाटै बहिष्कार गर्नुपर्छ ।’

    काठमाडौं महानगर मेयर हुँदा काठमाडौको मुहार फेर्न नसक्नेले देश बदल्छौं भनेर धाक नलगाउन चेतावनी दिदै आजपा अध्यक्ष साहले यिनीहरु नयाँ नभई टेस्टेड असफल फिगर भएको टिप्पणी गरे ।

    काठमाडौं महानगरले जनतासंग करमाथि कर लिएको तर सेवा सुविधा दिने काम नगरेको बालेनको विगत सम्झिदै आजपा अध्यक्ष साहले भने, ‘काठमाडौं महानगरले जनतासँग लिने काम गर्यो, करमाथि कर थुपार्ने काम गर्यो, बदलामा केही पनि सुविधा दिएन । संघीय राजधानी भएको महानगरमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था बेहाल र दयनीय अवस्थामा छ । गरिव उपचार नपाएर मर्ने अवस्था छ, त्यो विभेद हटाउन सकेन ।’

    उनले बालेनलाई रौतहटको मौलापुर नगरपालिकामा भएको विकासको मोडेल हेर्न अनुरोध समेत गरे । ‘बालेनलाई म मौलापूरको विकासको मोडेल हेर्न अनुरोध गर्दछु । मौलापुरले लिँदैन, खाली दिने काम गर्छ । यहाँ शिक्षा, स्वास्थ्य, पानी, विजुली सबै फ्रि छ । यहाँ नगरप्रहरी होईन, नगर शिक्षक, नगर डाक्टर राखिएको छ । मौलापुरमा दलित, सुकुम्बासीलाई पक्कीघर बनाएर दिएकोछ । तर काठमाडौंमा भगाउने काम भएको छ,’ आजपा अध्यक्ष साहले भने ।

    यसैगरी, एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा पराजित हुने मानसिकताका कारण चुनावको मुखमा संसद् पुनःस्थापनााको भ्रम फैलाइरहेको आरोप उनले लगाए । चुनावको विकल्प नभएको बताउदै उनले चुनावबाट कोही भाग्न नहुने बताए ।

    ‘चुनावको मुखैमा आईपुग्दा पनि संसद् पूनःस्थापनाको भ्रम फैलाईनु पराजित मानसिकता हो, निर्वाचनमा श्रेष्ठता देखाउन चूनौति दिन्छु । एमालेको पराजित मानसिकताको कारण चुनावको मुखमा यस्तो हल्ला फैलाईएको छ,’ साहले भने ।

    कार्यक्रममा बारा क्षेत्र नं. १ का उम्मेदवार बिजय यादवलगायतको विशेष सहभागिता रहेको थियो । यसैगरी आजै बारा क्षेत्र- २ को निर्वाचन बिशेष कार्यक्रम गंजभवानिपुर सम्पन्न भएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द

    कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार बिहान लेदोसहितको

    बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते…

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको बडादसैँका लागि घटस्थापनादेखि विजयादशमी (टीका) सम्मको आधिकारिक साइत र धार्मिक समय

    “साइबर सुरक्षा र प्रविधि बलियो बनाएर अनलाइन मतदानतर्फ अघि बढ्छौँ”…

    काठमाडौँ — निर्वाचन आयोगले नेपालमा अनलाइन मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगबारे सम्भाव्यता अध्ययन र प्राविधिक प्रदर्शन कार्यक्रम

    दसैँ, तिहार र छठका लागि असोज २३ गतेदेखि सार्वजनिक यातायातको…

    काठमाडौँ — सरकारले आसन्न दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आगामी असोज २३ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    Techie IT