Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २ शनिबार

    अपडेट
    गृहपृष्ठराजनीतिनिर्वाचन आयोगले गर्यो चुनावी खर्च पारदर्शी बनाउने प्रस्ताव

    निर्वाचन आयोगले गर्यो चुनावी खर्च पारदर्शी बनाउने प्रस्ताव


    काठमाडौं।खर्च वा आम्दानी सबै बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने, सबै बिल तथा भरपाई राख्नुपर्ने लगायतका नयाँ व्यवस्था थप गरेको हो । निर्वाचनमा हुने खर्चको स्रोतको पारदर्शिता कायम गर्न यस्तो व्यवस्था गर्न लागिएको आयोगले जनाएको छ ।निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता– २०८२ मा केही नयाँ व्यवस्था थप गरेको हो ।उक्त नयाँ व्यवस्थामा आयोगले निर्वाचन खर्चसम्बन्धी आचरण शीर्षकमा राजनीतिक दल तथा उम्मेद्वारले मनोनयनपत्र दर्ता निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र सो को स्रोत समेत खुलाउनुपर्ने उल्लेख गरेको छ ।

    उम्मेद्वारले खर्च गर्दा बैंक तथा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्नेछ । यस्तै निर्वाचन खर्चसम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने ज्म्मिेवार पदाधिकारी तोक्नुपर्नेछ । तोकिएका पदाधिकारीको नाम नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।
    प्रस्तावित आचारसंहितामा राजनीतिक दलले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीबाट सो खाताबाट मात्रै खर्च गर्नुपर्नेछ । यसैगरी रु २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्था मार्फत नै गर्नुपर्ने जनाइएको छ

    आयोगले खर्चको बिल भरपाई तथा बैंक तथा वित्तीय संस्थामा रहेको खाताको विवरण पेस गर्न आदेश दिएमा सक्कल बिल भरपाई तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेश गर्नुपर्ने सो थप गरिएको व्यवस्थामा उल्लेख गरेको छ ।

    निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी प्रचलित निर्वाचनसम्बन्धी कानुनले तोकेको अवधिभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने जनाइएको छ ।प्रस्तावित व्यवस्था अनुसार व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगका रुपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिई बैंक वा वित्तीय संस्थामा जम्मा गराउनुपर्नेछ । खर्चको विवरणसमेत तथा बिल भरपाई राख्नुपर्नेछ । आम्दानी तथा खर्चको विवरण प्रचलित कानुन बमोजिम आयोगले तोकेका ढाँचामा जिल्ला निर्वाचन कार्यालय वा आयोगमा बुझाउनुपर्नेछ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    बिपी राजमार्गमा बस दुर्घटना : काभ्रेपलाञ्चोकमा ७ जनाको मृत्यु, १५…

    काठमाडौं । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा १५ जना

    धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना…

    धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा

    पूर्व राष्ट्रिय कुमारीहरूको चन्द्रागिरि–भालेश्वर दर्शन यात्रा हिन्दु–बौद्ध सांस्कृतिक सहअस्तित्वको सन्देश…

    काठमाडौँ, ज्येष्ठ २४ । नेपालको अद्वितीय जीवित देवी परम्पराको संरक्षण, पूर्व राष्ट्रिय कुमारीहरूको सम्मान तथा हिन्दु–बौद्ध धार्मिक–सांस्कृतिक एकताको सन्देश प्रवाह

    सीपबाट आत्मनिर्भरता तर्फ डोहोर्याउन दक्षिणकालीमा २० दिने क्रिस्टल तथा पोतेका…

    काठमाडौं , जेठ ११ /दक्षिणकाली नगरपालिका–५ महाकालमा २० दिने महिला सीप विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ । बागमती प्रदेश

    पश्चिम एसिया द्वन्द्वको असर: अप्रिलमा नेपालमा पर्यटक आगमन घट्यो

    काठमाडौँ — सन् २०२६ को अप्रिल महिनामा नेपालमा एक लाख ७ हजार ९३४ विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले

    सालीनदी किनारबाट हतियारसहित दुई पक्राउ, गोली प्रहारपछि एक घाइते

    काठमाडौं । शंखरापुर नगरपालिका–५ सालीनदीस्थित खोला किनारबाट पेस्तोल, म्याग्जिन र गोलीसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर बकैया

    Techie IT