निर्वाचन आयोगले कात्तिक १७ गते उपनिर्वाचन गराउने
काठमाडौं । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नं. ३ सहित देशभरको रिट पदमा उपनिर्वाचनको मिति तोकेको छ । आयोगको आज (सोमबार) बसेको बैठकले कात्तिक १७ गते उपनिर्वाचन गराउने निर्णय गरेको हो । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहराको निधन भएपछि सो रिक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । त्यसैगरी मनाङमा प्रदेश सभा सदस्य पद रिक्त रहेको छ । मनाङबाट निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङ्गे) फौजदारी मुद्दामा दोषी ठहर भएपछि सो क्षेत्रमा जनप्रतिनिधिविहीन भएको थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
- ३ फ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना पक्राउ
- ४ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ५ कांग्रेस संस्थापनइतर पक्षद्वारा महाधिवेशनसहित सबै निर्णय यथास्थितिमा राख्न माग
- ६ आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
- ७ रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

तपाईको प्रतिक्रिया दिनुहोस