Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १ शुक्रबार

    अपडेट
    गृहपृष्ठसमाचारनिर्वाचनको स्वच्छता, निष्पक्षता र पारदर्शिताको बारेमा छानबिन गर्नुपर्ने प्रभु साहको माग

    निर्वाचनको स्वच्छता, निष्पक्षता र पारदर्शिताको बारेमा छानबिन गर्नुपर्ने प्रभु साहको माग


    काठमाडौं, ७ चैत । आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको भनिएपनी प्रश्न उठेकाले यसको स्वच्छता, निष्पक्षता र पारदर्शिताको बारेमा छानबिन गर्नुपर्ने माग गरेका छन ।

    काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज (शनिबार) बसेको केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै साहले यस्तो माग गरेका हुन ।

    निर्वाचन आयोगदेखी सरकारको भुमिकामाथी प्रश्न उठाउदै उनले निर्वाचन अचारसंहिता उलंघन हुँदा समेत मौन बस्नु, एकपछिय प्रचार प्रती रोक्न नसक्नुले गम्भीर प्रश्न उठेको बताए ।

    मिडियादेखि समाजिक संजालको निष्पक्षतामाथी समेत उनले प्रश्न उठाए । फेक आईडीको दुरुपयोग, मिडियाको एकपछिय प्रचार रोक्ननसक्नु निर्वाचन आयोग र सरकारको असफलता भएको टिप्पणी उनले गरे ।

    यसैगरी मधेसी दलितको प्रतिनिधि सभामा एकजनाको पनि प्रतिनिधित्व नहुनु यो संबिधान र ब्यवस्थाकै असफलताको प्रमाण भएको बताए । जनसंख्या अनुसार २७५ सदस्यीय प्रतिनिधि सभामा एक जना पनि मधेसी दलित नहुनुले यसका लागि पार्टीले संघर्ष गर्ने बताए । मधेसी दलितको सहभागीता नहुनुको उनले निर्वाचन आयोगसँग जवाफ समेत माग गरेका छन् ।

    हालै आएको हावाहुरी, असिनापानीले देशैभरी किसानको गहुँ, मकै, केरा खेतीका साथै आँप, लिची लगायतमा भएको क्षतिप्रती दुख व्यक्त गर्दै किसानहरूलाई क्षतिपूर्ति दिन सरकारसंग आजपा अध्यक्ष साहले माग गरेका छन् ।

    प्रतिनिधि सभामा मधेसी दलितको सहभागिता शुन्य भएकोमा आज बसेको आजपाको बैठकले दुःख व्यक्त गर्दै हिजो आज परेको हावाहुरी र असिनापानीले पीडित किसानलाई तुरुन्त राहत स्वरूप क्षतिपूर्ति प्रदान गर्न बिशेष माग गरेकोछ । साथै भर्खर सम्पन्न आम निर्वाचनमा उठेका स्वच्छता, निष्पक्षता र पारदर्शिताको बारेमा छानबिन गर्नुपर्ने समेत माग गरेकोछ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    Techie IT