Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २८ बिहीबार

    अपडेट
    गृहपृष्ठराजनीतिनिर्यात उद्योगका समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्री शाहको निर्देशन

    निर्यात उद्योगका समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्री शाहको निर्देशन


    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घ, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घ, नेपाल पश्मिना उद्योग सङ्घ तथा नेपाल डग च्यु उत्पादक सङ्घका प्रतिनिधिहरू सहभागी थिए। करिब दुई घण्टा चलेको बैठकमा निर्यातजन्य उद्योगले भोगिरहेका कानूनी, प्राविधिक र प्रशासनिक समस्याबारे विस्तृत छलफल भएको थियो।

    नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घका अध्यक्ष वलराम गुरुङले अमेरिकाले जुलाई ८ देखि ‘कन्जुमर प्रोडक्ट सेफ्टी कमिसन’को प्रमाणीकरण अनिवार्य गरेपछि नेपाली गलैंचा निर्यात प्रभावित भएको बताए। नेपालमा आवश्यक परीक्षण सुविधा नहुँदा निर्यात रोकिएको उल्लेख गर्दै उनले एक वर्षका लागि परीक्षण छुट (ग्रेस पिरेड) दिलाउन अमेरिकाको भन्सार विभागलाई कूटनीतिक नोट पठाउन आग्रह गरे। प्रधानमन्त्री शाहले उक्त विषयमा परराष्ट्र मन्त्रालयलाई तत्काल पहल गर्न निर्देशन दिएका छन्।

    गुरुङले ऊन आयातसँग सम्बन्धित ‘क्वरेन्टिन सर्टिफिकेसन’ समयमै नहुँदा उद्योग प्रभावित भएको गुनासो पनि गरेका थिए। हाल महिनामा तीन पटक मात्र हुने प्रमाणीकरण प्रक्रिया अब हप्तामा दुई दिन सञ्चालन गर्न प्रधानमन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

    नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरेले नेपाली प्लाइउडको गुणस्तर राम्रो भए पनि कानूनी प्रावधानका कारण उद्योग प्रभावित भएको बताए। उनले प्लाइउडका लागि आवश्यक कच्चा पदार्थ ‘भेनियर’ कम भन्सार दरमा भारत निर्यात भइरहेको उल्लेख गरे। प्रधानमन्त्री शाहले कच्चा पदार्थको निर्यात निरुत्साहित गर्न भन्सार शुल्क पुनरावलोकन गर्ने सरकारको तयारी रहेको जानकारी दिए।

    नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले वन ऐनका कारण हिमाली क्षेत्रमा भेडापालन विस्तारमा समस्या भएको बताए। प्रधानमन्त्री शाहले आवश्यक परामर्शपछि ऐन संशोधनका विषयमा पहल गरिने आश्वासन दिएका छन्।

    त्यसैगरी, नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेलले डग च्युलाई ‘डेरी उत्पादन’ होइन ‘पेट फुड’ उद्योगका रूपमा वर्गीकरण गर्नुपर्ने र ‘स्किम्ड मिल्क पाउडर’ आयात प्रक्रिया सहज बनाउनुपर्ने माग राखे। प्रधानमन्त्री शाहले उक्त विषय अध्ययन गरेर उपयुक्त देखिए आवश्यक निर्णय गरिने बताएका छन्।

     




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    समाचार प्रकाशनको विषयमा सम्पादक पक्राउ, प्रेस स्वतन्त्रतामाथि बहस

    काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि प्रेस स्वतन्त्रता र

    एमालेद्धारा लोकतन्त्रमाथि नै हस्तक्षेप भएपछि न्याय माग्दै निर्वाचित जनप्रतिनिधि सर्वोच्च…

    काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित

    सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व

    रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना…

    रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। नेपाली कांग्रेसले

    अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    काठमाडौं । विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने

    Techie IT