निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन समितिको घोषणा अनुसार पाण्डेले ५१४ मत ल्याउदै अध्यक्ष पदमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी आङदोर्जी लामाले ४१३ मत पाएका थिए ।
महासचिवमा भने पाण्डे इतर प्यानलका शिवहरी घिमिरे ५२७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी बलिभद्र राना ३८० मतमा रोकिए ।युवा उद्यमीका रूपमा चिनिएका पाण्डेले नेतृत्व गर्दै आएको कालिका कन्स्ट्रक्सनले देशका विभिन्न ठूला पूर्वाधार परियोजनामा काम गर्दै आएको छ। उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता विक्रम पाण्डेका छोरा पनि हुन्।
महासचिव पदमा भने पाण्डे समूहबाहिरका उम्मेदवार शिवहरि घिमिरे विजयी भएका छन्। घिमिरेले ५२७ मत ल्याउँदा उनका प्रतिस्पर्धी बलिभद्र राना ३८० मतमा रोकिए।
यस्तै, नीतिगत उपमहासचिवमा मंगल शाही र आन्तरिक उपमहासचिवमा सन्तोस शाह निर्वाचित भएका छन्।
नितिगत उपमहासचिवमा मंगल शाही र आन्तरिक उपमहासचिवमा सन्तोष शाह विजयी भएका छन्। महिला उपाध्यक्षमा गंगा पोखरेल निर्वाचित हुँदा कोषाध्यक्षमा उज्ज्वल गौतम तथा सह-कोषाध्यक्षमा उपेन्द्र घिसिङ निर्वाचित भएका छन्।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- २ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ३ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ४ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ५ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
- ६ इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित
- ७ एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै

तपाईको प्रतिक्रिया दिनुहोस