Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २९ सोमबार

    अपडेट
    गृहपृष्ठराजनीति‘निराशलाई आशामा बदल्दै सकरात्मक सन्देश दिनुपर्छ’

    ‘निराशलाई आशामा बदल्दै सकरात्मक सन्देश दिनुपर्छ’


    ललितपुर/१० मङ्सिर, निराशलाई आशामा बदल्दै सकरात्मक सन्देश दिनुपर्छ भन्नेमा नेपाली कांग्रेस ललितपुरका नेता तथा कार्यकर्ताहरुले जाेड दिनुभएको छ।
    नेपाली कांग्रेस एक सय दिने विशेष अभियानकाे सुरुवातका लागि जिल्ला ललितपुर पार्टी कार्यालय नखिपाेटमा आइतबार आयाेजित समारोहमा धारणा राख्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह के.सी.ले पार्टीका हरेक तहले सकरात्मक काम गरेर निराशा र चिन्ता व्यक्त गर्नुभन्दा चिन्तन गर्नुपर्ने अवस्था रहेकाे बताउनुभएको छ।
    “हामीले राजनीतिक कार्यकर्ता र जनताकाबीचमा सञ्चार गर्नुपर्छ, पार्टी कव्जा गर्ने भन्दा जनस्तरमा स्थापित हुनेमा ध्यान दिनुपर्छ, ठीक र बैठीककाे संघर्षबाट लाेकतन्त्रलाई जीवन्त राख्नुपर्छ, लाेकतन्त्र भनेकाे पद्धति र फाइदा वेफाइदा मात्रै हैन, जनताको विश्वास जित्नु पनि हाे ।” उहाँले भन्नुभयाे ।
    उहाँले नेपाली कांग्रेस इतिहास र विरासत मात्रै हैन वर्तमान र भविष्य निर्माणका लागि प्रत्येक पाइलामा नेपाली कांग्रेस अगुवा बन्नुपर्नेमा जाेड दिनुभयो ।
    “हामीले कहाँ के कमजोरी भएकाे छ समीक्षा गर्नुपर्छ, संसदकाे बहुमतले मात्रै राजनीति हुँदैन
    लाेकतन्त्र भनेको जनतामा केन्द्रीत हुन्छ, जनतामा निराशा आउने वातावरण हुनुहुँदैन, निराशा र असन्तुष्टि किन आइरहेको छ भनेर समाधान ल्याउनु पर्छ, जनस्तरमा अभिव्यक्त असन्तुष्टिहरुलाई समाधान गर्नुपर्छ, यसमा गम्भीर भएर साेच्नुपर्छ, जनसम्पर्कलाई टुट्न दिनु हुँदैन, एकले अर्कोलाई बुझ्ने, सम्मान गर्ने र सहयाेग गर्ने परम्परालाई स्थापित गर्नुपर्छ, आत्मियता र सद्भाव कायम गर्न ध्यान दिनुपर्छ।” उहाँले भन्नुभयो ।
    उहाँले बेराेजगारी समस्या समाधान गरेर आर्थिक स्थिति सुधार्नु छ भन्नुभयाे । देशमा अराजकताकाे वातावरण सृजना गर्न खाेजिएकाे छ भन्दै उहाँले नकारात्मकतातीर कुद्ने प्रवृत्ति बढेकोले सामाजिक सद्भाव खलबलिएकाे छ भन्नुभयो । 
    “पार्टीभित्रकाे समस्या गहकिलो ढंगले केलाएर हेर्नुपर्ने अवस्था छ, पुरानै प्रवृत्ति कायम रहनु हुँदैन, हरेक तहकाे नेतृत्वमा अहंकारकाे भावना छ, जनताको निम्ति के चाहिँ हीतकर हाे भनेर खाेज्नु पर्छ।” के.सी.ले भन्नुभयो ।
    उहाँले सत्यका पक्षमा निर्भिक भएर भन्ने प्रवृत्ति लाेकतन्त्र  हाे भन्दै विभिन्न किसिमका जाति, भाषा धर्मबीच सन्तुलन राख्नुपर्छ भन्नुभयो ।
    उहाँले समग्र रुपमा एकता कायम राख्नुपर्नेमा जाेड दिंदै कार्यशैलीलाई परिवर्तन गरेर जनतामा विश्वास जित्दै विरासतलाई कामय गर्नुपर्छ भन्नुभयो ।
    “सहमति र एकता भनेको आत्मसमर्पण हैन, सहमति, सहअस्तित्व र एकता हाे, व्यवहारिक दृष्टिकोणले न्यायपूर्ण निर्णय गर्दै अगाडि बढ्नुपर्छ, नेतृत्वमा रहने व्यक्तिले नमिलेका कुराहरूलाई मिलाउने र मिल्न नसकेकाहरुलाई मिलाएर काम गर्नुपर्छ, गुटउपगुट भन्दा माथि उठेर सत्य र यथार्थमा आधारित रहेर काम गर्नुपर्छ ।” उहाँले भन्नुभयाे।
    उहाँले इतिहास वर्णन गरेर मात्रै हुँदैन भन्दै भविष्यमुखी चिन्तन निर्माणका लागि पनि ध्यान दिनुपर्नेछ भन्नेमा जाेड दिनुभयो ।
    नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ओमकार प्रसाद श्रेष्ठले नेताहरूकाे वाेली र व्यवहारमा एकरूपता हुनुपर्नेमा जाेड दिनुभयाे।
    “कसैलाई समस्या पर्याे भने समाधान गर्ने ताकत राख्नुपर्छ, नेताहरुले व्यवहारमा परिवर्तन ल्याउनुपर्छ, निराश नहुनुस् भनेकाे भरमा निराशा हट्ने हैन।” उहाँले भन्नुभयो ।
    उहाँले पार्टीको सय दिने कार्यक्रममा हाजिरी जनाउने भन्दा पनि पार्टीको समस्या समाधान गरेर जनताकाे मन जित्ने गरी क्रियाशील हुन आग्रह गर्नुभयाे ।
    नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् ललितपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणाले मेहनतले संगठन निर्माणका लागि ध्यान दिनुपर्ने बताउँदै सय दिने अभियानमा बाढिपहिराेले क्षति पुर्‍याएकाे स्थानमा पुनःस्थापना पुनःनिर्माणका लागि ध्यान दिनुपर्नेमा जाेड दिनुभयाे ।
    “उद्धार र राहतका काममा ललितपुर क्षेत्र नं. १ का जनप्रतिनिधिले उत्कृष्ट काम गर्नुभएको छ, जिल्ला पार्टी नेतृत्वले पनि सहयाेग गरेको छ, हामी सबै एक भएर पुनःनिर्माणमा जुट्नुपर्छ ।” उहाँले भन्नुभयो ।
    राष्ट्रिय सभा सदस्य एवम् नेपाली कांग्रेस केन्द्रीय सदस्य जीतजंग बस्नेत निकटता र सहजताका आधारमा गुट र उपगुट हुने भन्दै त्यसलाई सहज रुपमा व्यवस्थापन गर्दै एकताबद्ध भएर सहमति र सहकार्यमा आधारित भएर लाग्नुपर्ने बताउनुभयो ।
    “हाम्रो भातृत्व र आत्मियता हराउँदै गएकाे छ, यसलाई पार्टीको संगठनमा भन्ने र,सुन्ने वातावरण बनाउनुपर्छ, पदीय दायित्वमा बसेकाे व्यक्तिले अरुलाई देखाएर पन्छिने पद्धति हुनुहुँदैन।” उहाँले भन्नुभयो ।
    वेथितिलाई थितिमा ल्याउने दायित्व नेपाली कांग्रेसकै भएको बताउँदै सरकारकाे नेतृत्वमा रहेर जनतालाई विश्वास दिलाउने गरि काम गर्नुपर्ने बताउनुभयो ।
    उहाँले आफ्नो पुर्खाकाे याेगदान र इतिहासलाई सम्मान गर्दै गाैरवका साथ इमानदारीपूर्वक राष्ट्रियताका सवालमा, लाेकतन्त्रका सवालमा, विकास निर्माणका सवालमा ध्यान दिएर काम गर्नुपर्नेमा जाेड दिनुभयो ।
    केन्द्रीय सदस्य उर्मिला नेपाल के.सी.ले पार्टीमा युवासंगसंगै महिलाहरूलाई राजनीतिक रुपमा प्राथमिकता दिएर अगाडि बढाउनु पर्नेमा जाेड दिनुभयाे । वडादेखि केन्द्रीय तहसम्म हरेक क्षेत्रमा महिलाहरूलाई पनि पुरुष सरह समान भूमिकामा स्थापित गरिनुपर्ने जाेड दिनुभयो ।
    बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरेले हरेक क्षेत्रमा देखिएका वेथिति र वितृष्णालाई सम्बाेधन गर्दै आशा र विश्वासकाे सञ्चार गर्नुपर्ने बताउनुभयो ।
    जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले जनप्रतिनिधि र पार्टी संगठनबीचकाे मतभेदलाई समाधान गर्न एक सय दिने अभियानले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले अहिलेका जनप्रतिनिधिहरुले गरेको कामकै आधारमा नेपाली कांग्रेसले २०८४ सालमा निर्वाचन जित्न सक्ने वातावरण बनाउने बताउनुभयो । उहाँले पार्टी संगठन निर्माणका क्रममा सबैलाई साथमा लिएर अगाडि बढ्ने बताउनुभयो ।
    ललितपुर महानगरपालिकाका प्रमुख एवम् नेपाली कांग्रेसका महासमिति सदस्य चिरीबावु महर्जनले आफूले सधैं जनतालाई विस्वास दिलाउने गरि काम गर्ने बताउनुभयो । उहाँले पार्टीले ल्याउने जनप्रिय याेजनालाई ध्यान दिएर बजेट व्यवस्थापन गर्ने बताउँदै ध्यान दिएर जनताले समस्या बुझेर याेजना बनाउन र माग गर्न आग्रह गर्नुभयो ।
    “आफ्नोआफ्नो वडामा राम्रो काम गर्नुस्, याेजना राम्रोसँग सम्पन्न गर्नुस्, जनताले देख्ने र अनुभूति गर्ने खालकाे काम हुनुपर्छ, हाम्रो कामका लागि पार्टीले पनि सहयाेग गर्नुपर्छ, नहुने कामलाई हुन्छ भन्दिनँ,हुने कामलाई राेक्दिनँ, हामीले जति काम गर्छौं, जनसहभागितामा गरेका छाैं, राम्रो काम गरेका छाैं, थुप्रै राम्रो काम गर्दैछौं, हामी हाम्रो साखलाई जाेगाइराख्छाैं ।” महर्जनले भन्नुभयाे
    ललितपुर महानगरपालिकाकाे पूर्वउपप्रमुख एवम् महासमिति सदस्य गीता सत्यालले पार्टीभित्र नेताकाे चाकरीमा भन्दा कामकाे मुल्यांकनकाे आधारमा नेतृत्वमा स्थापित गर्ने पद्धतिलाई ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले पार्टीको इतिहास मात्रै भजाएर जनताले विश्वास गर्न नसक्ने भन्दै वितृष्णा र निराशलाई हटाउने गरि जनताको समस्या समाधान गर्नेगरी काम गर्नु पार्टी लाग्नुपर्नेमा जाेड दिनुभयाे ।
    बागमती प्रदेश सदस्य राजीव पाैेडेलले पार्टीभित्र बिचरले नेतृत्व गर्ने प्रबृत्ति अगाडि बढाउनुपर्छ भन्नेमा जाेड दिनुभयाे । उहाँले निर्वाचनमा नेताहरूकाे खल्तीबाट टिकट दिएर उम्मेदवार चयन गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ भन्दै क्षमतावान व्यक्तित्वहरुलाई अगाडि बढाउनुपर्नेमा नेतृत्वलाई ध्यानाकर्षण गराउनुभयाे।
    महासमिति सदस्य ललिता खनियाँले जनतामा स्थापित हुन पार्टीमा रहेका सबैलाई समेटेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
    ललितपुर क्षेत्र नं. २ का सभापति महेश खड्काले कार्यकर्तामा भन्दा पनि नेतृत्वकर्तामा एकता नहुँदा बैमनस्यता र निराशा आएकाे भन्दै जनताकाे भावना बुझेर काम गर्ने नेतृत्व गर्ने पद्धतिलाई ध्यान दिनुपर्ने बताउनुभयो ।
    ललितपुर क्षेत्र नं. १ का सभापति सुन्दरमान थिङले पार्टीको पदीय जिम्मेवारीमा रहेका व्यक्तिहरुले जिम्मेवार र जवाफदेही भएर काम गर्नुपर्नेमा जाेड दिनुभयाे । उहाँले नेताकाे घरदैलोमा भन्दा जनताको घरदैलोमा पुगेर समस्या समाधान गर्ने पद्धतिको विकास गरिनुपर्नेमा ध्यान दिनुपर्ने बताउनुभयो ।
    ललितपुर महानगरपालिका वडा नं. १० की प्रतिनिधि लक्ष्मी शर्माले स्थानीय सरकारमार्फत राम्रो गरेर जनताकाे मन जित्न सकिने बताउँदै विवाद गरेर भन्दा एकजुट भएर,स्थानीय समस्याविकास निर्माणका काममा लाग्नुपर्ने बताउनुभयो।
    महालक्ष्मी नगर सभापति दिवाकर सिल्वालले पार्टीप्रतिकाे वितृष्णा हटाउनका लागि पार्टीको हरेक जिम्मेवारीमा रहेका व्यक्तिहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जाेड दिनुभयाे।
    दलित संघमा अध्यक्ष विष्णु विसंखेले जनताले मागेको जवाफ दिन सक्ने गरी पार्टीले वातावरण तयार गर्दै जनप्रतिनिधि र पार्टीका हरेक तहकाे पदाधिकारीहरुबीच समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले मत माग्ने बेलामा मात्रै जनतामा जाने स्थितिकाे अन्त्य गर्नुपर्नेमा जाेड दिनुभयाे।
    वडा नं. २५ का प्रतिनिधि राजु के.सी.ले चुनाव जितेर जनताको काम गरेपछि मात्रै पार्टी बलियाे हुने भन्दै नेतृत्वमा रहने व्यक्तिहरु इमानदार हुनुपर्ने बताउनुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    काठमाडौंमा ग्यास सहज रूपमा बिक्री गर्न प्रशासनको निर्देशन

    काठमाडौं । काठमाडौंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेपछि जिल्ला प्रशासन

    रसुवा बाढी प्रभावित १५ स्थानीय तहका परिवारलाई मासिक १५ हजारसम्म…

    काठमाडौँ ।  रसुवा बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहका प्रभावित

    आज दर खाएर सुरु हुँदैछ हरितालिका तीज

    काठमाडौं । हिन्दू नारीहरूको प्रमुख पर्व हरितालिका (तीज) आज दर खाएसँगै औपचारिक रूपमा सुरु हुँदैछ। भाद्र शुक्ल द्वितीयाका दिन आज

    जलवायु परिवर्तन, हिमतालको जोखिम र उठाउनु पर्ने आवाज

    शोभाखर भण्डारी नेपाल विश्वका ती देशहरूमध्ये एक हो, जसले जलवायु परिवर्तनको समस्या सिर्जना गर्न अत्यन्त न्यून योगदान दिएको छ, तर

    त्रिशूलीमा पुल बगेपछि ह्युम पाइप राखेर अस्थायी आवतजावत सञ्चालन गरिने

    नुवाकोट । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुल बगाएपछि त्रिशूली बजार क्षेत्रमा नदी वारपार गर्न भइरहेको समस्या तत्काल समाधान

    बाढीपछिको खोज तथा उद्धारबारे प्रधानमन्त्री शाह र न्युजील्यान्डका प्रधानमन्त्रीबीच टेलिफोन…

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच भोटेकोशी बाढीपछिको अवस्थाबारे टेलिफोन वार्ता भएको छ। वार्तामा प्रधानमन्त्री शाहले

    Techie IT