Techie IT
  • The Film Nepal
  • २०८३ असार २६ शुक्रबार

    अपडेट
    गृहपृष्ठस्वास्थ्यनिपाह भाइरसको संक्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी

    निपाह भाइरसको संक्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी


    कञ्चनपुर : छिमेकी मुलुक भारतमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि भारतसँग जोडिएका पश्चिमी सीमा नाकामा निगरानी बढाइएको छ।भारतसँग जोडिएका सुदूरपश्चिमका पाँच नाकामा नेपाल भित्रिने यात्रुमाथि निगरानी बढाएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिए । उनका अनुसार कैलालीको गौरीफन्टा र खकरौना, दार्चुलाको खलङ्गा, बैतडीको झुलाघाट र कञ्चनपुरको गड्डाचौकी नाकामा रहेका हेल्थ डेस्कबाट निगरानी भइरहेको छ ।

    ‘नाकाका सबै हेल्थ डेस्कमा सतर्कता अपनाइएको छ,’ जोशीले भने- ‘हेल्थ डेस्कमा कार्यरत कर्मचारीलाई निपाह भाइरसबारे अभिमुखिकरण समेत गराइएको छ ।’ उनले कोभिड-१९ को समयमा बनाइएका आइसोलेस वार्ड समेत तयारी अवस्थामा राखिएको बताए ।‘नाकाबाट नेपाल भित्रिने क्रममा ज्वरो आएका र संकास्पद व्याक्तिमाथि हेल्थ डेस्कका कर्मचारीले निगरानी राख्दै छन्’, प्रमुख रावलले भने, ‘संक्रमणको शंका भएका व्यक्तिको स्वाव संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाउँछौ ।’

    भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण देखिएकाले यसको जोखिम पश्चिम नेपालभन्दा पूर्वी नेपालका नाकामा बढी रहेको स्वास्थ्यकर्मी बताउँछन ।  जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिपेन्द्रसिंह रावलले नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत संक्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी राख्ने कार्य भइरहेको बताए ।

    महेन्द्रनगरमा रहेकाे महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि अव्यवस्था मिलाइएको प्रमुख रावलले बताए । निपाह भाइरस चमेरो, सुँगुर र सङ्क्रमित व्यक्तिबाट सर्ने भएकाले ती माध्यमलाई विशेष ध्यान दिएर रोकथामका उपाय अपनाइएको बताए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु संक्रमण, विभागद्वारा उच्च सतर्कता…

    काठमाडौँ । देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले उच्च सतर्कता अपनाउन सबै सरोकारवाला

    नेपालमा विभिन्न कार्यक्रमसहित अन्तरराष्ट्रिय योग दिवस मनाइँदै

    काठमाडौं, असार ७ । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित आज नेपालमा पनि अन्तरराष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

    गोकर्णेश्वरका ३ वडामा बर्ड फ्लु पुष्टि, नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन…

    काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु पुष्टि भएपछि

    कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस,…

    काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको

    आगामी जेठ १६ १७ मा चिकित्सक संघको सम्मेलन हुँदै

    भरतपूर ।नेपाल चिकित्सक संघले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ ।‘आधुनिक, सुलभ, किफायती र

    चितवनमा १३ जनामा औलो संक्रमण पुष्टि

    नारायणगढ। चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् ।औलो रोग संक्रमणको आशंकामा उपचारका लागि आएका

    Techie IT