Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २ शनिबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रनिगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

    निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य


    काठमाडौं| नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजेल–मट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको मूल्यमा कमी गरेको हो।

    निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाइएको छ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले कम गरिएको छ। त्यसैगरी आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन (काठमाडौंका लागि) प्रति किलोलिटर २६५ अमेरिकी डलरले घटाइएको निगमले जनाएको छ।

    खाना पकाउने एलपी ग्यासमा पनि प्रति सिलिन्डर १०० रुपैयाँले मूल्य घटाइएको छ।

    नयाँ मूल्यसूचीअनुसार काठमाडौं उपत्यकामा अब पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल–मट्टितेल प्रतिलिटर १९५ रुपैयाँ पर्नेछ। त्यस्तै, एलपी ग्यासको आधा सिलिन्डरको मूल्य १ हजार ३० रुपैयाँ र पूरा सिलिन्डरको मूल्य २ हजार ६० रुपैयाँ कायम गरिएको निगमले जानकारी दिएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    नेपाल–भारतबीच विद्युत् प्रसारण क्षमता विस्तार गर्ने सहमति, निर्यात क्षमता १,६५०…

    काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधार विस्तार गर्दै नेपालबाट भारततर्फ हुने विद्युत् निर्यात क्षमता १,१०० मेगावाटबाट १,६५०

    सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो

    काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य

    नेप्सेमा सामान्य सुधार, ६.११ अंकको वृद्धि; कारोबार ८ अर्ब ४१…

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार सामान्य अंकले बढेको छ। आज नेप्से ६.११ अंकले वृद्धि हुँदै २,५७६.२९ विन्दुमा

    सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट

    काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका

    आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५२.२३ रुपैयाँ, युरो १७३.९६…

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको

    Techie IT