Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २५ सोमबार

    अपडेट
    गृहपृष्ठशिक्षानिःशुल्क शिक्षामा मोहन बस्नेतकाे जाेड, सिन्धुपाल्चोकका तीन स्थानीय तहबाट कार्यान्वयनमा

    निःशुल्क शिक्षामा मोहन बस्नेतकाे जाेड, सिन्धुपाल्चोकका तीन स्थानीय तहबाट कार्यान्वयनमा


    काठमाडौं/ २८ भदौ, सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट निर्वाचित सांसद माेहनबहादुर बस्नेतले कक्षा १२ सम्मकाे शिक्षा नि:शुल्क हुनुपर्छ भनेर लगातार आवाज उठाउँदै आउनुभएको छ । संविधानमा निशुल्क भनिएपनि नेपालमा अझैपनि आधारभूत तहकाे शिक्षा नि:शुल्क हुन सकेको छैन ।
    नेपालकाे संविधानको भाग ३ धारा ३१ मा शिक्षासम्बन्धी हक उल्लेख छ । उक्त धाराको पाँचवटा उपधारामा शिक्षालाई नागरिकको आधारभूत अधिकारको रुपमा व्यवस्था गरिएको छ । संविधानमा प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हकमा आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क शिक्षा तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने हक हुनेछ भनिएकाे छ।
    संविधानमा लेखिएका यी व्यवस्था देशभर सहज रुपमा कार्यान्वयनमा आउन नसकेको अवस्थामा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसेत रहनुभएका सांसद बस्नेतकाे सिन्धुपाल्चोकका तीन स्थानीय तह बाह्रबिसे नगरपालिका, भोटेकोशी र त्रिपुरासुन्दरी गाउँपालिकामा लागू भइरहेको छ।
    सबै जनतालाई शिक्षामा सहज पहुँच र नि:शुल्क शिक्षाका लागि बस्नेतले वि.सं. २०४१ देखिनै निरन्तर जाेड बल गर्दै आउनुभएको छ।
    नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै बि.सं. २०५६ को आम निर्वाचनमा सिन्धुपाल्चोक-१ बाट प्रतिनिधि सभाबाट निर्वाचित भएर स्वास्थ्य राज्यमन्त्रीकाे जिम्मेवारी सम्हाल्नुभएका बस्नेतले शिक्षा र स्वास्थ्य क्षेत्रमा जनताको हीतका लागि निरन्तर काम गर्नेदेखि संसदमा आवाज उठाउनेसम्म काम गरिरहनुभयाे।
    विं.सं. २०७० सालमा संविधानसभा सदस्यको रूपमा निर्वाचित हुनुभएका बस्नेतकाे जाेड संविधान निर्माणका क्रममा समेत निरन्तर रह्यो
    वि.सं. २०७४ सालमा शेर बहादुर देउवाको मन्त्रिपरिषद्मा सूचना तथा सञ्चारमन्त्रीका रूपमा काम गर्नुभएको उहाँले सञ्चारकाे माध्यमबाट शिक्षा र स्वास्थ्यकाे क्षेत्रमा याेगदान गर्न निरन्तर प्रयास गर्नुभयाे ।
    “शिक्षा क्षेत्रमा सबै नागरिककाे सहज पहुँचका लागि निरन्तर आवाज उठाइरहेकाे छु, सिन्धुपाल्चोकमा त एसएलसीमा परीक्षा दिनेहरुका लागि वि.सं. २०४१ सालदेखि ३१ वर्षसम्म निरन्तर नि:शुल्क काेचिङ्ग सञ्चालन गर्ने काममा लागेँ ।” उहाँ भन्नुहुन्छ ।

    लामो समयदेखि सामाजिक, राजनीतिक, शैक्षिक लगायतका विभिन्न कार्यमा संलग्न बस्नेतमा हठी स्वाभाव भएपनि जनताकाे मन जित्न सक्ने अभुतपूर्व क्षमता, ज्ञान र कला रहेकाे छ।  कोरोना जस्तो महामारीको समय होस अथवा बाढी पहिरो जस्ता दैबी प्रकोप, जनतालाई समस्या पर्दा जुनसुकै बेला पनि साथ र सहयोगको निमित्त अग्रसर भएर आफ्नो सेवाभावकाे पहिचान स्थापित गर्नुभएका बस्नेतले यही भदौ १६ गते सम्पन्न नेपाली कांग्रेस केन्द्रीय समितिमा  कक्षा १२ सम्मकाे शिक्षा नि:शुल्क गराउनुपर्छ भनेर निर्णय गराइ सरकारलाई सिफारिस गर्नका लागि महत्त्वपूर्ण भूमिका खेल्नुभयाे ।
    “११ र १२ कक्षा पनि निःशुल्क हुनुपर्छ भनेर मैले प्रस्ताव अगाडि बढाएँ, प्रस्ताव अगाडि मात्रै बढाएको छैन सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिकाले दुई वर्षदेखि निरन्तर ११ र १२ कक्षाको पढाइ निःशुल्क गरेको छ ।” नेता बस्नेतले भन्नुभयाे,”अहिले एसईईको रिजल्ट पनि कमजोर, ११ र १२ कक्षाको रिजल्ट पनि कमजोर, धादिङमा एकजना विद्यार्थीले १ वर्ष अगाडि १२ कक्षाको परीक्षा शुल्क २ हजार २ सय रुपियाँ तिर्न नसकेर उसले आत्महत्या गरेको थियो । यस्ता घटना धेरै छन् । विपन्न र गरिव धेरै छन् । पढाउन सक्ने परिवार अझै छैनन् । पैसा नभएको कारणले पढ्न समस्या छ ।”

    पदमा रहँदा मात्र हैन नरहँदा जनताका पिरमर्कालाई आफ्नो जिम्मेवारी सम्झेर काम गर्दै आएकाे बताउनुहुन्छ उहाँ। “जनतालाई समस्या पर्दा म पदमा छैन भनेर पन्छिने मान्छे असल नेता हुन सक्दैन । त्यस्ताले बरु राजनीति नगरेकै राम्रो हुन्छ । पदमा हुँदा अलि बढी सकिएला, नरहँदा स्रोत साधन र अधिकारको सिमितताले गर्दा अलि कम सकिएला तर मैले आफूलाई कहिल्यै पनि निष्क्रिय राखेको छैन।”उहाँ भन्नुहुन्छ।
    बिपत र महामारीका लागि तयारी अवस्थामा रहनेगरी सिन्धुपाल्चोकमा स्रोत साधनसहितको स्वास्थ्य संयन्त्र खडा गर्ने उहाँको आगामी योजना रहेको छ । भैरहेका अस्पतालहरुको स्तरोन्नति र जनशक्तिसहितको नयाँ स्वास्थ्य केन्द्रहरुको स्थापना गर्ने र सिन्धुपाल्चोकमा नै नर्सिङ अध्ययन गर्ने व्यवस्था मिलाउने समेत उहाँको योजना रहेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सीमा विवाद कूटनीतिक संवादबाट समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेका सीमा तथा सीमांकनसम्बन्धी बाँकी विवादहरू कूटनीतिक संवाद र स्थापित द्विपक्षीय संयन्त्रमार्फत

    छानबिनबाट सफाइ पाउनेमा विश्वस्त छु : सुदन गुरुङ

    काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङ ले आफूले छानबिनबाट सफाइ पाउने विश्वास व्यक्त गरेका छन्।

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: पहाडी क्षेत्रमा वर्षा र चट्याङको…

    काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली,

    विश्व वातावरण दिवसको अवसरमा भरतपुर १८ मा सरसफाइ तथा वृक्षारोपण

    चितवन/ २३ जेठ, विश्व वातावरण दिवस २०८३ को अवसरमा चितवनको भरतपुर महानगरपालिका वडा नं. १८ स्थित परमानन्द स्मृति वैदिक विद्या

    पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

    काठमाडौँ । तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङमाथि गठन गरिएको छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।

    रोकिएका आर्थिक सुधार अघि बढाइँदै, अलपत्र आयोजना टुंग्याउने सरकारको प्रतिबद्धता…

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग अभावमा रोकिएका आर्थिक तथा नीतिगत सुधारलाई

    Techie IT