Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २८ बिहीबार

    अपडेट
    गृहपृष्ठसमाचारनारायणी अस्पताल घटनाको विरोधमा देशभरका अस्पतालमा सेवा प्रभावित

    नारायणी अस्पताल घटनाको विरोधमा देशभरका अस्पतालमा सेवा प्रभावित


    काठमाडौं। नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकार उदासीन रहेको आरोप लगाउँदै आज पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने जनाएको छ।

    यसअघि संघले मंगलबार पनि देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा स्थगित गरेको थियो।

    संघका अनुसार घटना भएको चार दिन बितिसक्दा पनि दोषीविरुद्ध मुद्दा दर्ता गरी कानुनी कारबाही अघि नबढाइएको, पीडित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि नै अन्याय भएको तथा वार्ताका लागि पुगेका चिकित्सकमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखबाट दुर्व्यवहार भएको आरोप लगाइएको छ। संघले उक्त घटनालाई अत्यन्त दुःखद र लज्जास्पद भएको जनाएको छ।

    घोषित आन्दोलन कार्यक्रमअनुसार आज बिहान १० बजे काठमाडौं उपत्यकाभित्र कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माइतीघर मण्डलामा भेला भई विरोध प्रदर्शन गर्नेछन्। उपत्यकाबाहिरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, साथै आफू कार्यरत स्वास्थ्य संस्थामा धर्ना दिई विरोध जनाउने कार्यक्रम रहेको संघले जनाएको छ।

    नेपाल चिकित्सक संघले आफ्नो आन्दोलनमा विशेषज्ञ समाज, निजी स्वास्थ्य संस्थाका संगठन, स्वास्थ्य क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्था तथा सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीलाई ऐक्यबद्धता जनाउन आह्वान गरेको छ।

    आन्दोलनका कारण आम नागरिकलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै संघले त्यसको सम्पूर्ण जिम्मेवारी सरकारकै भएको स्पष्ट पारेको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    समाचार प्रकाशनको विषयमा सम्पादक पक्राउ, प्रेस स्वतन्त्रतामाथि बहस

    काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि प्रेस स्वतन्त्रता र

    एमालेद्धारा लोकतन्त्रमाथि नै हस्तक्षेप भएपछि न्याय माग्दै निर्वाचित जनप्रतिनिधि सर्वोच्च…

    काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित

    सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व

    रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना…

    रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। नेपाली कांग्रेसले

    अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    काठमाडौं । विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने

    Techie IT